एजेन्सी । हामीले दिन रात मेहेनत गरेर जागिर खाएका हुन्छौ । जागिर खाएपछि पनि दिनरात मेहेनत गरि रहेका हुन्छौ । जागिर जाने डरले होस् या आफ्नो जिम्मेवारीको हिसाबले । जागिर जनाको लागि धेरै कारणहरु चाहिन्छ । तर, भारतको बिहार स्थित भागलपुर प्रहरी कार्यालयमा कार्यरत प्रिती नाम गरेकी महिला प्रहरीको प्रेम सम्बन्धले गरेर उनको जागिर गएको छ ।
उनि सोहि जिल्लाको मिठु शाह नामक कुख्यात डाकुसँग प्रेममा सम्बन्धमा रहेकी थिइन् । जो प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका थिए । प्रेम सम्बन्ध पश्चात ति महिलाले मिठुसंग बिवाह गरेकी थिइन् । सो खबर थाहा पाएपछि प्रहरी कार्यालयले उनलाई निलम्बित गरेको हो । जानकारीमा आए अनुसार ति महिला प्रहरीले प्रहरीको गोप्य सूचना आफ्ना पतिलाई दिने गर्दथिइन् ।