वीरगंज । विगत ६ वर्ष देखि सामाजिक विकास, गरीबी निवारण र स्थानीयको उत्थानमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको आफ्नै बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आरम्भ भयो ।
प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं अजय द्विवेदीले पानसमा बत्ति बाली उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेता द्विवेदीले नागरिकहरू स्तरउन्नति र वृत्ति विकासका साथै स्थानीय स्तरको विकासमा सहकारी संस्थाहरूको विशेष भूमिका रहँदै आएको अवस्थामा आफ्नै बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सफलता पूर्वक छैठौं वर्ष पूरा गर्नु खुशीको कुरा भएको बताउनु भयो । नेता द्विवेदीले आफ्नै बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा अझै पनि बैंकिङ क्षेत्रमा पहुँच नभएका जनतालाई घरदैलो मै गएर आयमूलक शीप, रोजगार तथा बचत गर्ने क्रियाकलापमा अग्रसरता देखाउने विश्वास आफूले लिएको बताए ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्नु हुँदै वीरगंज महानगरपालिकाकी उप मेयर सुश्री शान्ति कार्कीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाकी उपाध्यक्ष नितुदेवी साह कानुको अध्यक्षतामा भएको सो साधारणसभाको उद्घाटन सत्रमा अरविन्द गुप्ता, शम्भु प्रसाद गुप्ता, ध्रुव नेपाल, राज किशोर गुप्ता, युवा नेता रितेश कुमार गुप्ता लगायतका विशेष उपस्थिति रहेको थियो ।
संस्थाको नयाँ र भव्य कार्यालय पानीटंकीबाट–८ बाट गहवामा विस्तार गरिएको स्थानमा साधारणसभा गरिएको थियो ।