Tuesday, November 26, 2024
घरसमाचारगैससको नेपाली समाज विभाजित गर्ने र चीनसँगको सम्बन्धमा आँच पुग्ने गतिविधि

गैससको नेपाली समाज विभाजित गर्ने र चीनसँगको सम्बन्धमा आँच पुग्ने गतिविधि

काठमाण्डौ/चीनका वुद्धिजीवी छङ सिचोङले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारे चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष कतिपय गैर सरकारी संस्था (एनजिओ) ले नेपाली समाज विभाजित गर्ने र चीनसँगको सम्बन्धमा आँच पुग्ने गतिविधि गरेको धारणा राखेका थिए ।

चीनका छङ सहितका वुद्धिजीवीहरूले नेपाल चीन सम्बन्ध र बिआआई शीर्षकको चाइना रिफर्म फोरमद्वारा आयोजित सेमिनारमा नेपालका केही सामाजिक आर्थिक तथा राजनीतिक प्रवृत्ति र गैर सरकारी संस्था नेपालको विकासमा अवरोध बनेको भन्दै आलोचना गरेका थिए ।

काठमाण्डौस्थित चिनीयाँ राजदूतावासमा सैनिक सहचारीका रुपमा सात वर्षभन्दा बढी लामो समय बिताएर तीन वर्ष अघि बेइजिङ फर्किएका वुद्धिजीवी छङले चीन र भारतको बीचमा रहेको नेपालको भू राजनीीतक महत्व रहेको र दक्षिण तथा पश्चिमका शक्ति राष्ट्रहरूले आ–आफ्नो स्वार्थपूर्ति गर्नकालागि नेपालमा अनावश्यक हस्तक्षेप गरेको दाबी गर्दै नेपालमा दशौं हजार गैरसरकारी संस्था रहेको र नेपाली समाजलाई विभाजित गर्ने मूख्य काम नेपालका गैरसरकारी संस्थाहरूले गरिरहेका छन् ।

कतिपय गैर सरकारी संस्थाको कृयाकलापले चीन र नेपालबीचको सम्बन्धमा समेत आँच पुग्ने गतिविधि गरिरहेका छन् । यसबारे चीन सरकार जानकार छ । नेपाल सरकार पनि जानकार छ, भनेका थिए ।

नेपालका लागि पूर्व चिनियाँ राजदूत ली तप्यावोले नेपाल र चीनको सम्बन्धलाई पश्चिमा वा अन्य कुनै शक्तिले चलाउन नहुने बताएका थिए ।

सो सेमिनारमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सहकार्यका पाँच क्षेत्र औंल्याएका थिए । नेपाल र चीनबीच यातायात, संजालको विकास पहिलो प्राथमिकतामा रहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -