२०८३ जेष्ठ ११ गते, सोमबार ०२:०१

हिन्दू परिषद नेपालले गर्यो पाँच बुंदे निर्णय

वीरगंज ३० जेष्ठ/

हिन्दू परिषद नेपाल प्रदेश न.२ को बिस्तारिक बैठक गहवामाई अतिथि सदन बिरगंजमा संम्पन भएको छ । गहवामाई मन्दिरमा पूजापाठ गरी शुरू भएको बैठकले ५ बुदे निर्णय गर्दै संम्पन भएको महासचिव प्रमोद सिहले बताए ।

प्रदेस न.२ का अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा संम्पन बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,प्रवक्ता श्रीराम उपाध्याय, सह-कोषाध्यक्ष संजय सरार्फले शुभकामना सहित सक्रियताका साथ कार्य गर्न निर्देशन दिएका थिए।

बैठकले प्रदेशको उपाध्यक्षमा नन्दू यादव, सचिव संदीप साह कानू, सह-कोषाध्यक्ष सुरेश साह तेली, प्रवक्ता उमेश साह कानू, सल्लहकारहरुमा अनिल सरार्फ, राजेस्वर साहलाई मनोनीत गरेको छ।साथै असार १६ गते विस्व प्रसिद्ध गठिमाई मन्दिर बृहत सरसफाई गर्ने,प्रदेश न. २ को सम्पूर्ण जिल्लामा तीब्र गतिमा संगठन बिस्तार गर्ने,मठमन्दिर सरसफाई बिशेष कार्यक्रम गर्ने तथा समन्वय सहकार्य गरी अगाडि बढने बैठकले निर्णय गरेको अध्यक्ष सचितनन्द दुबेले बताए।

बैठकमा हिन्दू परिसद नेपाल प्रदेश न.२ को वरिष्ठ उपाध्यक्ष भरत सरार्फ,सचिव मुना सोनी,कोषाध्यक्ष अंशु कुमार,कार्य समिति सदस्य सरिता उपाध्याय, आनंद गुप्ता, श्यामबाबू गुप्ता, उधो श्रीवास्तव, उपेन्द्र साह, शिवशकर सरार्फ,बिरचि यादव,दिनेश कुमार,नरेश प्रजापति,बिजय चौरसिया,लक्ष्मी नारायण साह रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM