२०८३ जेष्ठ ११ गते, सोमबार ०२:४७

हिन्दू परिषद नेपालको बहुदराई माई कमिटी गठन

वीरगंज २० जेष्ठ
हिन्दू परिसद नेपाल बहुदरमाई नगर कमिटि आज एक कार्यक्रमका बीच २५ सदस्यीय गठन भएको छ।स्थानीय अगुवा जीउत साह तेलीको सभापतित्वमा सम्पन कार्यक्रम हिन्दू परिसद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्यमा सम्पन भएको थियो। प्रमुख अतिथि पटेलले धार्मिक एवं सामाजिक कार्य सक्रियताका साथ गर्न सुझाव दिदै गैर हिन्दू रास्ट्रहरुले नेपालमा बसोवास गर्ने हिन्दूहरुको आस्था एवं धर्म संस्कृति लोप गर्ने लागी परेको बताए।अहिले हरेक देशको धयान नेपाल तर्फ केन्द्रित भएको बताउदै आफ्नो धर्मको लागि सजक रहन बताउनुभयो।

धार्मिक एवं सामाजिक कार्यमा अग्रसर युवा चन्द्र प्रभाकर प्रसादको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरियो।कमितिको उपाध्यक्षमा बिना देवी,सचिव गणपत साह, सह-सचिव मुनिलाल कुशवाहा, कोषाध्यक्ष रामाधार यादव,सदस्यहरुमा अजय मुखिया, राजेश साह, मलावती देवी,उर्मिला देवी, पार्वती देवी,रोशन साह, सुरेन्द्र यादव,लालबाबु साह, ब्रीजा साह, बचन साह, अजय कुशवाहा, नवराज शर्मा, मिन्टू देवी,कृष्ण साह, लालसा देवी,कान्ति देवी,नैना देवी,सल्लहकार रामएकबाल साह रहेका छन। कमिटी गठन कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रियसदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, संजय सरार्फ,अजिता देवी,प्रदेश न.२ का अध्यक्ष सचितनन्द दुबे,पर्सा जिल्ला वरिष्ठ सल्लहकार ओम गुप्ता, नारायणी अंचल महिला कमिटि अध्यक्ष गोमा उपाध्यायले शुभकामना मंतव्य सहित नवगठित समितिलाई बधाई दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM