२०८३ जेष्ठ १० गते, आईतवार १८:२८

नवग्रह शान्तिका लागि हिन्दू परिषद नेपालद्वारा हवन एवं पूजा

चन्द्रसूर्य समाचारदाता
वीरगंज, १७ पौष ।
नवग्रह शान्तिका लागि हिन्दू परिषद नेपालले वीरगंजमा विशेष पूजा एवं हवन गरेको छ ।

वीरगंज लगायत देशभरका हिन्दूहरुमाथि ग्रहदशा बिग्रेर भैरहेको तनाव, अस्थिरता, महामारी लगायतका प्रभावलाई शान्त पार्ने संकल्पसहित हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य समेत रहेका पण्डित सचितानन्द दुबेको संयोजनमा गरिएको नवग्रह शान्ति एवं हवन पूर्णाहुति वीरगंज स्थित गीता मन्दिरमा गरिएको थियो ।

करीब २ घण्टासम्म गरिएको हवन एवं पूर्णाहुतिमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल, केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्यहरू लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानु, विधायक राजेश्वर साह तेली, हिन्दू परिषद नेपालका पर्सा जिल्ला सचिव अंशु कुमार प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM