Saturday, December 14, 2024
घरसमाचारलुम्बिनीमा पूजापाठ गर्न आइपुगे २२७ चिनियाँ भिक्षु

लुम्बिनीमा पूजापाठ गर्न आइपुगे २२७ चिनियाँ भिक्षु

२८ मंसिर, काठमाडौं । लुम्बिनीमा शनिबार हुने पूजापाठमा भाग लिन २२७ चिनियाँ भिक्षु नेपाल आइपुगेका छन् । एयर चाइनाको चार्टर्ड फ्लाइटबाट उनीहरु शुक्रबार अपराह्न गौतम बुद्ध विमानस्थले भैरहवामा ओर्लेका हुन् ।

चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ स्याओहुईले नेतृत्व गरेको टिम भैरहवा आइपुगेको हो । चिनियाँ राजदूत चेन सोङले उनीहरुको तस्वीर ट्वीटरमा राख्दै स्वागत गरेका छन् ।

‘अहिलेसम्मकै सबैभन्दा बढी यात्रु बोकेको उडानमा आएका चिनियाँ भिक्षुलाई स्वागत,’ राजदूत चेनले भनेका छन्, ‘नेपाल र चीनलाई बौद्धधर्मले सांस्कृतिक आदानप्रदानमार्फत् जोड्ने छ ।’ राजदूतले २२७ जना भनी उल्लेख नगरी पनि २२० भन्दा बढी भिक्षु भन्ने शब्द प्रयोग गरेका छन् ।

शुक्रबारै राजधानीमा नवौं नानहाई बुद्धिज्म राउन्डटेबल आयोजना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए ।

नानहाई बुद्धिज्म राउन्डटेबलमा भाग लिन चीन, थाइल्यान्ड, लाओस्, श्रीलंका, कम्बोडिया, भियतनाम, म्यानमार, बंगलादेश, मंगोलियासहित २० देशका धर्मगुरु, प्रतिनिधि काठमाडौं आएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चोङ नेतृत्वको भ्रमणमण्डल पनि सहभागी छ । चिनियाँ उपमन्त्री वाङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्यूरो निर्देशक पनि हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -