धनगढी । कैलालीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको छ । करिब ६ ग्राम लागुऔषध खैरो हेरोइन र लागुऔषधका रुपमा प्रयोग हुने ३ सय चार ट्याब्लेट प्रतिबन्धित औषधिसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाही, घनगढी उपमहामगरपालिका–१३ बस्ने २३ वर्षीय प्रविण राना, लम्कीचुहा नगरपालिका–४ बस्ने २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धीरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनकाअनुसार शाहीको साथबाट चार ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइन, रानाको साथबाट एक ग्राम ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ भने जैशी र चौधरीको साथबाट ८० ट्याब्लेट ट्रमाडोल, २० ट्याब्लेट ट्याबस्पामिड र १६ ट्याब्लेट ट्याब एभिल बरामद गरिएको छ ।