Saturday, November 30, 2024
घरसमाचारशिखर धवनले भने- एनपीएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु

शिखर धवनले भने- एनपीएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु

१४ मंसिर, काठमाडौं । कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा अनुबन्ध भएका धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका हुन् । उनलाई शुक्रबार कर्णाली याक्समा मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरले स्वागत गरेका थिए ।

नेपाल आएपछि उनले भने, ‘नमस्ते नेपाल, नेपाल आएर निकै खुसी भएको छु । मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु’ धवनले भने, ‘यहाँ आफ्नो अनुभव साट्नेछु । स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जीशान मक्सुद कर्णाली याक्समा छन् ।

टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -