मैले ‘कबड्डी’बाट वितरण करिअर थालेको हुँ । त्यो फिल्म चाहिं हामीलाई पेनड्राइभमा हालेर पठाइदिनुभएको थियो । त्यो पेनड्राइभ ‘इन्क्रिप्टेड’ हुँदैनथ्यो, जसले पनि चलाउन मिल्ने । पाइरेसी नहोस् भनेर म आफैं एउटा शहरबाट अर्कोमा यात्रा गरेर फिल्म देखाउँथें ।
एकदमै सीमित हलमा, एउटा हल बुक गर्दै, मन्दिर वा स्कुलको अडिटोरियममा फिल्म देखाउँदै हामीले वितरण थालेका हौं । लगानी होइन, घुमेको पैसा पनि उठेन । तर, सुरुवात त्यहाँबाट भयो । त्यतिबेला नगरेको भए, आज गरिंदैनथ्यो होला ।
म टेक्सास बस्ने मान्छे,, भोलि न्युयोर्क र डेनभर जानुपर्यो भने होटलमा बस्नुपथ्र्यो । १०/१५ डलरमा फिल्म देखाएर हलको भाडा तिर्दा माइनसमै थिएँ त्यतिबेला । त्यसपछि पनि मैले वितरणमा निरन्तरता दिएँ । त्यसो नभएको भए अहिले पनि बजार सिर्जना हुने थिएन होला ।
‘पूर्णबहादुरको सारंगी’ मेरो ३६औं वितरण फिल्म हो । बजार बढ्दै गयो । हरेक वर्ष डीभी परेर होस् या विद्यार्थी भिसामा नेपालबाट मान्छे अमेरिका जान थाले । दर्शक पनि थपिंदै गए । भुटानी समुदाय पनि थपिंदै गए । पुनर्वासमा पुगेका भुटानी समुदाय अहिले नेपाली फिल्मका बहुसंख्यक दर्शक हुन् ।
अमेरिकामा मेरा ५० प्रतिशत दर्शक भुटानिज कम्युनिटी नै हुन् । जहिलेदेखि डीसीभी फाइलको सुरुवात भयो, फिल्म वितरण सजिलो भयो । हलले पनि स्वीकार्न थाले । कुनै पनि हल बुक गर्दा उनीहरूको पहिलो प्रश्न नै तिम्रो फिल्म कुन फम्र्याटमा छ भन्ने हुन्छ ।
‘कबड्डी’ को तेस्रो र चौथो शृंखलाले मैले पहिलो पटक फाइदा लिएँ । ‘छक्कापञ्जा ५’ को वितरण मात्रै मैले गरेको हुँ । त्यसअघि प्राइभेट बुकिङ थियो । नाफाको हिसाब गर्दा ‘छ माया छपक्कै’ बाट राम्र्रै नाफा पाएँ । ‘आमा’ भन्ने फिल्म राम्रो चलिरहँदा कोभिडले बन्द गरिदियो ।
कोभिडपछि महापुरुष, जारी, कबड्डी ४ छन् । अहिले आएर ‘डिग्री माइला’ पनि राम्रै हो । कहिलेकाहीं फिल्मलाई हामी कम आँक्छौं, कम आँकिएको ‘दयारानी’ ले पनि राम्रै पैसा कमायो ।
१३ वर्षअघि फिल्म बाँड्दा २० वटा ठाउँ लक्षित हुन्थ्यो । एउटा शहरमा एक–एक शो लक्षित हुन्थ्यो । अहिले मेरो लक्ष्य सय शहरमा छ । दुई चार महिनापछि सय शहर पनि पुग्छ । यी दुई समयलाई तुलना गर्दा यो ठूलो फड्को हो ।
हरेक व्यापारमा यही हो । विदेशमा बस्नेहरू नेपाली रेस्टुरेन्टमा जान्छन्, नेपाली खाना खान्छन् । नेपाली खाना र संस्कृतिप्रति उनीहरू नोस्टाल्जिक बन्छन् । विदेशमा बसेका नेपालीलाई नेपालसँग जोड्ने कुरामा फिल्मले सेतुको काम गर्न सक्छ ।
कहाँको २० शहर र कहाँको ६७ हल । त्यो पनि दैनिक २, ३ शो । अहिले दशौं शो पनि छ । उछाल ठूलै छ । ‘पूर्णबहादुरको सारंगी’ले यो तहमा चल्यो भने १० लाख डलर कमाउने अनुमान छ । अहिले ६ करोड नेरु हाराहारीमा कमाइसकेको छ ।
दर्शकले सरल कथा रुचाउँदा रहेछन् । दर्शकले कलाकारलाई पनि हेर्ने रहेछन् । एकदमै चलेको कलाकारलाई हेर्दा पहिलेको फिल्मसँग तुलना गर्ने अथवा हालैको हिट फिल्म वा फ्लप भएको कुरा गर्ने । उहाँले समाजमा के गर्नुभएको छ भन्ने हेर्ने रहेछन् । यसकारण ‘पूर्णबहादुरको सारंगी’लाई दर्शकले रुचाए भन्ने लाग्छ ।
विजय बराललाई दर्शकले लामो समयदेखि देखिराखेका हुन् । ‘कबड्डी’को बिके अर्थात् विजय बराल । जति दयाहाङका फ्यान छन्, उति बिकेका फ्यान पनि छन् । उहाँलाई लिड रोलमा हेर्दा र उहाँको अभिनयले अमेरिकामा मात्र होइन बेलायत र अष्ट्रेलियामा विजयको प्रशंसा नगर्ने कमै छन् ।
अर्को कुरा, कथाले छोयो । बाउआमा छुट्टिने त नेपालमा पनि भइराखेको हो । कति जनाको बुवा बिरामी हुँदा नेपालमा आउन नमिल्ने परिस्थितिको कथाले पनि स्पर्श गर्यो कि भन्ने लाग्छ । मुख्यतः कन्टेन्ट नै प्रमुख हो ।
फिल्म हिट हुन कन्टेन्ट राम्रो हुनुपर्यो, बच्चाहरूलाई देखाउन मिल्ने हुनुपर्यो । मेरो प्राथमिकता चाहिं बच्चाको टिकट सस्तो पनि बनाउँछु मैले । किनभने, पहिलो कुरा बुवाआमालाई फिल्म हेर्न जान मन लागेको बेला दुई जना बच्चा घरमा छ, त्यो बच्चा घरमा छाड्न मिल्दैन । बच्चालाई लिएर जाँदा बुझ्दैन भन्ने समस्या । यसकारण, बच्चाहरू विस्तारै सबटाइटल हेरेर भए पनि फिल्म बुझ्न थाल्या छन् । घरमा हेर्ने त्यही नेपाली कार्यक्रम र गीत हुन् ।
नेपालको स्वाद बोकेको फिल्म अमेरिकामा रुचाइन्छ । नेपालको स्वाद, संस्कृति र इतिहास बोकेको फिल्म जसलाई हामीले हिन्दी र अंग्रेजी फिल्ममा पाउँदैनौं, यस्ता फिल्म अझ मनपर्छ । जसलाई दर्शक अर्गानिक पनि भन्छन् । समग्रमा हेर्दा, मुख्यतः कन्टेन्ट नै हो जसलाई ‘पूर्णबहादुरको सारंगी’ ले पनि पुष्टि गर्यो ।
मैले अमेरिकामा ‘महापुरुष’ देखाउँदा ५० भन्दा केही धेरै हलमा देखाएको थिएँ । त्यसपछि क्यानडा, बेलायत र युरोपमा हात हालें । बेलायतमा पनि बक्स अफिस मैले सुरु गरेको हो । पहिला हलमा फिल्म हेर्ने कन्सेप्ट थिएन । अहिले पनि त्यहाँ धेरै फिल्म ब्यांक्वेटमा देखाइन्छ ।
जबदेखि अमेरिका र अष्ट्रेलियामा विशेषगरी बक्स अफिसमा रिलिज गर्यौं, त्यहाँ पनि भए राम्रो हुन्थ्यो भन्ने माग भएपछि त्यहाँबाट थाल्यौं । पहिले बेलायतमा शो पाउन गाह्रो हुन्थ्यो । अहिले टिकट पाउन गाह्रो भएपछि शो थपेको थप्यै छ । नेपालीको संख्या धेरै छ ।
कमाइको हिसाबले धेरै कमाउने शीर्ष ३ अन्तर्राष्ट्रिय बजारमा अमेरिका, अष्ट्रेलिया र मध्यपूर्व हो । त्यसपछिको उदाउँदो बजार भनेको जापान, बेलायत, युरोप र दक्षिण कोरिया छ । सिंगापुर, थाइल्याण्ड, हङकङ एकदम सीमित बजार हो । वर्षमा २/३ वटा फिल्म भन्दा धेरै चल्दैनन् ।
अमेरिकामा नेपाली फिल्म नियमित बक्स अफिसमा रिलिज हुँदै आएको छ । अष्ट्रेलिया र मध्यपूर्व पनि त्यस्तै छ । यस वर्ष मिहिनेत गर्नुपर्ने भनेको युरोप, युके, जापान र दक्षिणकोरिया हुन् । त्यसपछि थाइल्याण्ड, सिंगापुर, हङकङ, बर्मास्थित नेपाली भाषी हुन् । यसबाहेक भारत र चीन हुन् । मुख्य देशमा पहुँच भएपछि हामी यतातिर काम गरिरहेका छौं
भारतमा पनि हामीले अलिकति काम सुरु गरेका छौं । सेन्सर र झन्झटिलो प्रक्रियाले अलि ढिला रिलिज हुन्छ । नभएको होइन, ‘बोक्सीको घर’ र ‘मनसरा’ पनि त्यहाँ रिलिज भयो । तर, नेपालमा रिलिज भएको दुई तीन महिनापछि रिलिज भएको हो । एकैदिन र तत्काल रिलिज हुँदा मजा आउँछ ।
चीनको समस्या भाषा हो । कि त चिनियाँ भाषामा स्वरांकन गर्नुपर्यो, सबटाइटलले मात्र पुग्दैन । हाम्रो ठूलो उद्देश्य, चीन र भारत छिर्ने छ । ‘पूर्णबहादुरको सारंगी’ लाई जसरी पनि यी दुई बजारमा लैजान्छौं । बाँकी हामीले गर्ने अन्तर्राष्ट्रिय वितरणमा पनि अहिलेको अनुभवले फाइदा पुग्छ । यी दुई बजारलाई छाड्दैनौं ।
हामीले फिल्म लिंदा मुख्यतः ब्यानर हेर्छौं । नयाँ मान्छे र नयाँ ब्यानर हो भने स्क्रिप्ट सुनेर लिएको परिस्थिति छ पहिला । अर्को कुरा, स्थापित ब्यानरले सुरुमै अप्रोच गर्नुहुन्छ । फिल्मको घोषणादेखि नै हामी टीमको रूपमा सहभागी भएका हुन्छौं ।
हामीले राख्ने पूर्वशर्त भनेको एकै दिन रिलिज गर्न पाउनुपर्यो भन्ने हो । फिल्म समयमा डेलिभरी गर्दिनुपर्यो, जसले गर्दा हामीले हलमा पुर्याउन सक्नुपर्यो । ब्यानर, कथा र दर्शकलाई पच्छ/पच्दैन, यो हेरेर निर्णय गर्छौं ।
अमेरिकामा गैरनेपाली भाषी माझ पनि फिल्म लैजाने काम भइरहेको छ । ‘पूर्णबहादुरको सारंगी’लाई पनि अमेरिकीले हेरिरहेका छन् । मैले बजारीकरण गर्ने बेलामा त्यो शैलीलाई पछ्याउँछु । एउटा सानो संख्यामा बाहिरको मान्छेले हाम्रा फिल्म हेरिराखेका छन् ।
विदेशमा नेपाली फिल्मको बजार विस्तार गर्न हामीले अझै काम गर्न जरूरी छ । सरकारले गर्दा वितरणमा कठिन भएको महसुस गरेको छैन । एनआरएनएबाट केही आशा राख्दिनँ । दुईवर्षे कार्यकालमा उनीहरू आउँछन्, जान्छन् । हाम्रो फिल्म चलेको बेला न उनीहरूले प्रमोट गर्छन्, न हेर्न जान्छन् ।
विशेषगरी, ‘पूर्णबहादुरको सारंगी’ चलाउन मैले कुनै पनि यस्ता हल छाडेको छैन, १५ हजार, २० हजार नेपाली छन् भने पनि त्यहाँका हलमा फिल्म राखेको छु । उनीहरू ओभर एक्साइटेड भएर जाँदा पहिलो शोमै हाउसफुल भएको छ ।
हरेक व्यापारमा यही हो । विदेशमा बस्नेहरू नेपाली रेस्टुरेन्टमा जान्छन्, नेपाली खाना खान्छन् । नेपाली खाना र संस्कृतिप्रति उनीहरू नोस्टाल्जिक बन्छन् । विदेशमा बसेका नेपालीलाई नेपालसँग जोड्ने कुरामा फिल्मले सेतुको काम गर्न सक्छ ।
हिजो मात्र मलाई एक जना बहिनीले भिडियो पठाएकी थिइन् । उनी नेपाली बुझ्छिन् तर बोल्न जान्दिनन् । उनले फिल्ममा पूरा रमाइलो गरेर भिडियो पठाएकी थिइन् । अहिले डायस्पोरामा तेस्रो पुस्ताको पनि उदय भइसकेको छ । दोस्रो पुस्ताले तेस्रोलाई बेला–बेलामा घोचिराख्या हुन्छ ।
‘गाउँ आएको बाटो’लाई पनि पछिल्लो पुस्ताका धेरै दर्शकले हेरे । विश्वव्यापी मिडियामा कभरेज भएको, फेस्टिभलमा गएको हुनाले कलेजका विद्यार्थीले धेरै हेरे । उनीहरूले कमेडी फिल्म त्यति बुझ्दैनन् तर, गम्भीर फिल्म जहाँ स्टोरीको भाव हुन्छ, यसलाई उनीहरूले माया गरिरहेका हुन्छन् ।
अमेरिकामा नेपाली फिल्म नियमित बक्स अफिसमा रिलिज हुँदै आएको छ । अष्ट्रेलिया र मध्यपूर्व पनि त्यस्तै छ । यस वर्ष मिहिनेत गर्नुपर्ने भनेको युरोप, युके, जापान र दक्षिणकोरिया हुन् । त्यसपछि थाइल्याण्ड, सिंगापुर, हङकङ, बर्मास्थित नेपाली भाषी हुन् । यसबाहेक भारत र चीन हुन् । मुख्य देशमा पहुँच भएपछि हामी यतातिर काम गरिरहेका छौं ।
(नेपाली फिल्मका अमेरिकी वितरक र पूर्णबहादुरको सारङ्गीका निर्माता मध्ये एक सुवेदीसँग गरिएको कुराकानीमा आधारित ।)