२० असोज, काठमाडौं । काठमाडौंको असन क्षेत्रमा हिजोआज मानिसहरुको ठूलो भीड लागेको छ ।
नयाँ कपडा, जुत्ताचप्पल, गरगहना र उपभोग्य सामानहरु किन्नेहरुको असन, इन्द्रचोक, न्यूरोड, महावौद्ध क्षेत्रमा भीड लागेको छ ।
कोही कपडा छानिरहेका छन्, कोही मरमसला किन्दैछन् त कोही गहनाको मोलतोल गरिरहेका छन् । मानिसहरुको भीडले बाटोमा ठेलमठेल छ ।
काठमाडौंको पुरानो बजार र एकै ठाउँमा धेरै सामान पाइने भएकाले किनमेल गर्ने धेरैको रोजाइ असनतिरै हुने गरेको छ । अहिले हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं नजिकै आएको छ ।
दशैंमा बालबच्चा र परिवारका सदस्यलाई नयाँ लुगा किन्ने नेपालीहरुको पुरानै चलन हो । त्यसैले सामानहरुको खपत दशैंको बेला अरु समयमा भन्दा बढी हुन्छ ।
हेर्नुहोस् तस्वीरहरु