२० असोज, काठमाडौं। नेपालका युवा लेगस्पिनर तिलक भण्डारी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा पुगेका छन् ।
नेपाल प्रिमियर लिगको अक्सनमा क्याटेगोरी बी मा आफ्नो न्यूनतम मूल्य ५ लाख खेलेका थिए ।
नेपालको यू१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई किन्न जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भएको थियो ।
लक्की ड मार्फत लुम्बिनीले पाएको हो । लुम्बिनीले लक्की ड मा चौथो खेलाडी पाएको हो ।
२०२४ को यू-१९ विश्वकपमा राम्रो प्रभाव छाडेका थिए ।
यसअघि लुम्बिनीले लक्की डा. मार्फत आशुतोष घिरैया १० लाख, विवेक यादव १५ लाख र सूर्य तामाङलाई १५ लाखमा पाएको थियो ।