दाङ । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशाङ्क कोइरालाले काँग्रेसले अब कुनै पनि चुनावमा गठबन्धन नगर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकार गठनमा कांग्रेस एमालेसँग सहकार्य हुनसक्ने तर, चुनावमा कसैसँग गठबन्धन नहुने बताउनुभयो । “कांग्रेस अब चुनाव एक्लै लड्छ, बरु सरकार गठनमा एमालेसँग सहकार्य हुन्छ।”, उहाँले भन्नुभयो ।
उहाँले काङ्ग्रेसले अब जनताको सवालमा आफ्नो भूमिका निर्वाह गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो । पूर्व महामन्त्री कोइरालाले काङ्ग्रेसले विकास र समृद्धिको बाटोमा कहिले अवरोध नगरेको भन्नुहुँदै काँग्रेसले सरकारले गरेका राम्रो कामको सहयोग गर्ने र गलत पक्षको खुलेर विरोध गर्ने बताउनुभयो ।