जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्षमाथि प्रहरीले नै गोली प्रहार गरी हत्या गरेको खुलेको छ ।
मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षमाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । दुईपक्षबीच विवाद हुँदा वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले नै गोली चलाएको खुलेको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएलगत्तै मृत्यु भएको थियो ।
स्रोत : अनलाइनखबर
















