काठमाडौं । स्तम्भकार ललित ध्वज खड्का द्वारा लिखित कृति ‘मोक्षतीर्थ’ हालै सार्वजनिक गरिएको छ। संक्षिप्त तर गहन शीर्षक भएको यस पुस्तकले तीर्थ र मोक्षलाई एकसाथ जोड्दै आत्मिक यात्राको सुन्दर सङ्गम प्रस्तुत गरेको छ।

लेखक खड्काका अनुसार, “मोक्ष केवल मृत्युपछि प्राप्त हुने कुरा होइन, जीवनकै यात्रामा आत्मशुद्धिबाट शुरु हुन्छ।” यही विचारलाई केन्द्रमा राखी पुस्तकले यात्राको अनुभवसँगै आध्यात्मिक खोज, आत्मपरिष्कार र जीवनदर्शनको कथा सरल भाषामा प्रस्तुत गरेको छ।
‘मोक्षतीर्थ’ यात्रासंस्मरण मात्र होइन; यसमा सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विषयहरू समेत सँगालिएका छन्। तीर्थयात्राका प्रसङ्गसँगै विकास र परिवर्तनका विमर्शहरू पनि पुस्तकमा समेटिएका छन्, जसले पाठकलाई सोच्न र महसुस गर्न प्रेरित गर्छ।
पुस्तक हाल रत्न पुस्तक भण्डार र एकता बुक्समा उपलब्ध छ।
















