२०८२ कार्तिक २६ गते, बुधबार १९:२१

युवा सञ्जाल र जेनजी युवा समूहद्वारा गापा अध्यक्षलाई ज्ञापनपत्र

पर्सा, २४ कात्तिक । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकाका युवाहरूले गापा अध्यक्ष्Fलाई ज्ञापनपत्र बुझाउँदै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको माग गरेका छन् । सोमवार पकहाँमैनपुर गाउँपालिका युवा सञ्जाल र जेनजी युवा समूहले ज्ञापनपत्र बुझाउँदै जनताको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र सरसफाइ जस्ता क्षेत्रमा देखिएको कमजोरी तत्काल सुधार गर्न माग गरेका छन् ।
पालिकाका योजना चयन, बजेट वितरण, कामको अनुगमन र सार्वजनिक सुनुवाइ प्रक्रिया पारदर्शी बनाउन तथा युवाहरूले गाउँँपालिकाले सञ्चालन गर्ने परियोजनामा राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का र योजनाको वितरण गरेको आरोप लगाएका छन ।
युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साह, जेनजी युवा समुहका अध्यक्ष भगवान कुर्मीले पालिकाले १५ दिनभित्र सुधारका ठोस कदम नचाले सडकमा उत्रिन बाध्य हुने बताए ।
ज्ञापनपत्र बुझ्दैं गाउँपालिका प्रमुख सुरेश मेहताले कार्यालयले विषयवस्तु अध्ययन गरी आवश्यक छलफलपछि जवाफ दिने बताए ।
कार्यक्रममा पकहाँमैनपुर गाउँँपालिकाका प्रशासन शाखा प्रमुख, वडा नम्बर ३ का वडा अध्यक्ष संजय चौहान, युवा सञ्जालका पदाधिकारी, सदस्य, युवा अभियान्ता राजेश सहनी, मखु दाश तात्वा, मोटर बरनवाल, राजन साह, गाया चौहान, जेनजी युवा समुहका सदस्य चन्दन पटेल, नितेश यादव, अकाश पटेल, निरज पटेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM