२०८२ फाल्गुन २४ गते, आईतवार १६:२९

यसपालि मात्र होइन, हरेक वर्ष भइरहेछ १२ घण्टासम्म लोडसेडिङ

६ चैत, विराटनगर/हेटौंडा/बुटवल । ३१ वैशाख २०७५ मा नेपाल विद्युत् प्राधिकरणले एउटा सूचना जारी गर्‍यो, ‘औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको सूचना’ ।

‘नेपाल विद्युत् प्राधिकरणले बेलुकीको उच्च मागको समयमा औद्योगिक ग्राहकलाई ३ घण्टासम्म लोडसेडिङ गरी अन्य ग्राहकलाई नियमित विद्युत् आपूर्ति गर्दै आएकोमा २०७५ साल वैशाख ३१ गतेदेखि औद्योगिक ग्राहकको समेत लोडसेडिङ अन्त्य गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ उक्त सूचनामा उल्लेख थियो ।

घरायसी क्षेत्रमा २०७३ सालमा नै लोडसेडिङ अन्त्यको घोषणा भएकोमा औद्योगिक क्षेत्रमा पनि विद्युत् नकाटिने भएपछि त्यो दिनलाई नेपालबाट लोडसेडिङ पूर्णरूपमा अन्त्य भएको दिनका रूपमा सम्झिने गरिन्छ ।

तर, त्यसको सात वर्षसम्म हरेक वर्ष हिउँदमा औद्योगिक क्षेत्रमा लोडसेडिङ भइरहेको छ । अझ गत वर्ष र यो साल त भारतले रातिको समयमा पूर्णरूपमा विद्युत् निर्यात बन्द गरेकाले दैनिक १२ घण्टा लोडसेडिङ भइरहेको छ ।

यस अवधिमा बर्खाका केही महिना बाहेक बाँकी महिना दैनिक ४ देखि १२ घण्टासम्म उद्योगहरूमा लोडसेडिङ हुने गरेको अनलाइनखबरले देशका विभिन्न औद्योगिक करिडोर तथा क्षेत्रमा गरेको सर्वेक्षण अनुसार औद्योगिक ग्राहकको विगत सात वर्षको अवधिमा सुक्खा याममा दैनिक ४ देखि १२ घण्टासम्म लोडसेडिङ हुने गरेको देखिएको हो ।

‘विद्युत् प्राधिकरणले मात्रै होइन, राजनीतिक दलका नेताहरूले पनि मुलुकमा लोडसेडिङ अन्त्य भएको भाषण गर्ने गरेका छन्, तर यो वास्तवमा राजनीतिक खपतको कुरामात्र भएको छ,’ विद्युत् प्राधिकरणका एक अधिकारी भन्छन् ।

२०७५ सालमा नेपालमा कुल विद्युत् जडित क्षमता १ हजार ७४ मेगावाट मात्रै थियो । भारतबाट पनि सीमित मात्रामा विद्युत् आयात भइरहेको थियो ।

प्राधिकरण र त्यसका कार्यकारी निर्देशक कुलमान घिसिङ भने उद्योगहरूमा २४ घण्टाको आधा समय लाइन काट्दा पनि त्यसलाई लोडसेडिङ मान्न तयार छैनन् ।

अहिले नेपालमा विद्युत् जडित क्षमता त्यसको तीन गुणाभन्दा धेरै ३ हजार ३ सय मेगावाट पुगेको छ । भारतबाट पनि ७ सय मेगावाटसम्म आयात गर्न पाउने व्यवस्था छ ।

तर, भारतले रातिको समयमा नेपाललाई विद्युत् निर्यात बन्द गर्ने बित्तिकै १५ मार्चदेखि उद्योगहरूमा १२ घण्टा लोडसेडिङ सुरु भइहाल्यो ।

त्यसअघि पनि हिउँदमा ८ देखि १२ घण्टा लोडसेडिङ भइरहेको थियो । तर, प्राधिकरण र त्यसका कार्यकारी निर्देशक कुलमान घिसिङ भने उद्योगहरूमा २४ घण्टाको आधा समय लाइन काट्दा पनि त्यसलाई लोडसेडिङ मान्न तयार छैनन् ।

अंग्रेजी शब्दकोषहरूमा विद्युत् मागको तुलनामा आपूर्ति कम हुँदा सम्पूर्ण ऊर्जा आपूर्ति प्रणाली फेल हुनबाट बचाउन योजनाबद्ध रूपमा आपूर्ति बन्द गर्नुलाई ‘लोडसेडिङ’ भनेर परिभाषित गरिएको छ ।

अहिले नेपालको आन्तरिक उत्पादन र आयात गर्दा पनि साढे ३ सयदेखि ४ सय मेगावाट विद्युत् अपुग छ । त्यसो हुँदा विद्युत् प्राधिकरणले उद्योगहरूमा आपूर्ति बन्द गरी घरायसी ग्राहकलाई आपूर्ति गरिरहेको छ ।

तर, प्राधिकरण कार्यकारी निर्देशक घिसिङ भने नेपालमा लोडसेडिङ नभएको र हुँदा पनि नहुने बताउँछन् ।

‘भारतबाट हुने आपूर्तिमा निर्भर हुने कतिपय सीमावर्ती क्षेत्रमा घरायसी ग्राहककहाँ पनि विद्युत् आपूर्ति काटिने गरेको छ । उद्योगहरूमा त दैनिक ६ देखि १२ घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्ने गरिएको छ । तर, न प्राधिकरणले उद्योगहरूलाई यति समय लोडसेडिङ हुन्छ भनेर सूचित गर्छ, न त पत्रिकाहरूमा सूचना नै जारी गरेको छ ।’

औद्योगिक क्षेत्रका ग्राहकको माग अनदेखा गरेर प्राधिकरणले घरायसी ग्राहककहाँ विद्युत् आपूर्ति निरन्तर गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दन घोष बताउँछन् ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयेश प्याकुरेल भन्छन्, ‘विद्युत् प्राधिकरणले लोडसेडिङको परिभाषा नै आफूखुसी बदलेर जनतालाई भ्रमित पार्ने काम गरेको छ ।’

अहिले मोरङ सुनसरी करिडोरमा साँझ ६ देखि मध्यरात १२ बजेसम्म दैनिक विद्युत् कटौती भइरहेको र बाँकी समय पनि दर्जन पटकसम्म ट्रिपिङ (अचानक विद्युत् जाने र आउने) हुने गरेको उनी बताउँछन् ।

‘ट्रिपिङ हुँदा कति समय विद्युत् आपूर्ति बन्द हुन्छ थाहा हुँदैन, कहिलेकाहीँ १० मिनेटमा पनि आउँछ कहिलेकाहीँ घण्टौं आउँदैन,’ उनले भने ।

विद्युत् प्राधिकरणले २०७५ सालमै सूचना प्रकाशित गर्दा ‘मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण र वितरण प्रणालीमा आउन सक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणको कारणले समय–समयमा विद्युत् आपूर्ति अवरूद्ध हुन गए त्यसलाई लोडसेडिङको रूपमा नलिइदिनुहुन अनुरोध छ,’ भन्ने उल्लेख गरेको थियो ।

अघोषित दैनिक १२ घण्टासम्म विद्युत् काट्दा पनि प्राधिकरणले त्यसलाई प्राविधिक समस्या भनेर टार्ने गरेको छ ।

औद्योगिक क्षेत्रका ग्राहकको माग अनदेखा गरेर प्राधिकरणले घरायसी ग्राहककहाँ विद्युत् आपूर्ति निरन्तर गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दन घोष बताउँछन् ।

‘अहिले मुलुकमा लोडसेडिङ छैन, घरायसी ग्राहकलाई हामीले विद्युत् दिइरहेका छौं,’ उनले भने ।

विद्युत् अपुग भएकाले केही उद्योगमा विद्युत् कटौती गरेको उनले बताए । ‘यो वर्ष मात्रै होइन, अर्को वर्ष पनि हिउँदमा विद्युत् अपुग हुन्छ,’ उनले भने ।

प्राधिकरणले पुगेसम्म सबै ग्राहकलाई विद्युत् दिएको र अपुग हुँदा औद्योगिक ग्राहककोमा कटौती गरेको उनले बताए ।

प्राधिकरणले लुकायो तथ्यांक

विद्युत् प्राधिकरणले आफ्नो वेबसाइटमा देशमा विद्युत् माग कति छ, कति आपूर्ति भइरहेको छ र कति अपुग छ भन्ने तथ्यांक राख्ने गरेको थियो । तर, केही सातादेखि त्यो तथ्यांक उसले लुकाएको छ ।

यो खाली ठाउँमा नेपालमा विद्युत्‌को कूल माग, आन्तरिक र आयातमार्फत् भइरहेको आपूर्ति र अपुग विद्युत्‌को विवरण राख्ने गरिन्थ्यो

‘लोडसेडिङ भनेकै विद्युत् माग र आपूर्तिबीचको अन्तर हो । उदाहरणका लागि २ हजार मेगावाट माग छ, १६ सय मेगावाट मात्रै आपूर्ति छ भने अपुग ४ सय मेवागाट विद्युत् अवरुद्ध हुन्छ । अर्थात्, त्यो बराबर विद्युत प्रयोग गर्ने ग्राहककहाँ प्राधिकरणले लाइन काटिदिन्छ, त्यही नै लोडसेडिङ हो,’ प्राधिकरणकै स्रोत भन्छ ।

तर, त्यो तथ्यांक सार्वजनिक गर्दा लोडसेडिङ भइरहेको कुरा जनताले थाहा पाउँछन् भनेर लुकाइएको स्रोतले बतायो ।

तथ्यांक लुकाएको विषयमा प्रवक्ता घोषलाई सोध्दा त्यसबारे भोलि मात्रै उत्तर दिने बताए ।

विराटनगरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ

भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ । जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती भएको निजी क्षेत्रको दाबी छ ।

‘विद्युत्‌ले धेरै ठूलो समस्या बनायो, उद्योग चल्न गाह्रो अवस्था छ,’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने, ‘कुलमान घिसिङ मन्त्रालयलाई दोष लगाउँदैछन्, मन्त्रीले कुलमानलाई दोष लगाउँदैछन,उहाँहरूको जुँगाको लडाइँमा निजी क्षेत्रलाई अप्ठेरो पर्‍यो ।’

अघोषित लोडसेडिङ हुँदा उत्पादन लागत बढेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।

अघोषित लोडसेडिङका कारण उद्योगको उत्पादन ३० देखि ४० प्रतिशतमा खुम्चिएको मोरङ उद्योग व्यापार संघ अध्यक्ष अनुपम राठी बताउँछन् ।

विद्युत् दिने भनिएको समयमा पनि बारम्बार कटौती भइरहेको उनले बताए । जसका कारण उत्पादन लागत बढेको उनको भनाइ छ ।

‘सिमेन्ट, स्टिल, प्लास्टिक उद्योगलाई १२ घण्टाले पुग्दैन, मेसिन तताउन समय लाग्छ, यी उद्योग ८ घण्टा पनि चल्न सकिरहेका छैनन्,’ उनले भने ।

विद्युत् कटौती हुँदा सिमेन्ट, स्टिल, प्लास्टिक, धागो, साबुन, बिस्कुट, चाउचाउ लगायत उद्योगले उत्पादन ७० प्रतिशतसम्म घटाएको निजी क्षेत्रको दाबी छ ।

भारतले ३ चैतदेखि सोलार आवरमा मात्रै मात्र नेपाललाई विद्युत् दिएपछि १२ घण्टासम्म विद्युत् कटौती भइरहेको छ ।

भैरहवा–बुटवल क्षेत्रमा १० घण्टा लोडसेडिङ

बुटवल–भैरहवा क्षेत्रमा गत वर्षसमेत माघदेखि बिहान ४ घण्टा र साँझको समयका ४ घण्टा गरी दैनिक ८ घण्टा अघोषित लोडसेडिङ गरिएको थियो । योे लोडसेडिङको आधिकारीक समय तालिका माग गर्दै यस क्षेत्रका उद्योगीले विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमा समेत माग गरेका थिए ।

तर, प्राधिकरणले ‘माथिको आदेश हो’ भन्ने मौखिक जानकारी गराउँदै लोडसेडिङलाई दैनिक १० घण्टासम्म पुर्‍याएको थियो । व्यक्तिगत रूपमा लोडसेडिङ विवरण माग गर्दा नपाएपछि उद्योगी–व्यवसायीको छाता संगठन मार्फत लोडसेडिङ तालिका माग गर्दा समेत प्राधिकरणले विवरण दिएन ।

यो वर्ष पनि प्राधिकरणले दैनिक १० घण्टा लोडसेडिङ गरिरहेको पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

बजेटले बिलेटबाट डन्डी बनाउने स्टिल उद्योगलाई राहत – Online Khabar

विद्युत् आपूर्ति समयको यकिन तालिका नपाउँदा उद्योग सञ्चालन गर्ने समय नै कटौती गर्नुपरेको थियो । उपरोक्त बाहेक दैनिक हुने विद्युत् ट्रिपिङका कारण समेत उत्पादन प्रक्रियामा रहेका अर्धप्रशोधित उत्पादन काम नलाग्ने हुँदा दैनिक लाखौको नोक्सानी बेहोर्नु परेको छ ।

लोडसेडिङमुक्त भनिएको समयमा पञ्चकन्या स्टिलले बिलेटबाट छड उत्पादन गर्दा निरन्तर उत्पादन प्रक्रियामा ट्रिपिङका कारण परेको असरको लगत राखेको थियो ।

वैशाख २०७५ देखि भदौ २०७८ सम्मको विवरणमा (कुल ५ सय उत्पादन दिनमा) १ हजार ३ सय पटकभन्दा बढी विद्युत् ट्रिपिङ भई करिब ४ करोड बराबरको कच्चापदार्थ नोक्सान भएको तथ्यांक सुरक्षित रहेको जानकारी पञ्चकन्याले गराएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा अघोषित लोडसेडिङ

हेटौंडा औद्योगिक क्षेत्रमा दैनिक सरदर २ देखि ३ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने गरेको छ । विद्युत् आपूर्ति बन्द हुनुलाई विद्युत् प्राधिकरणले हरेक दिन प्राविधिक समस्याका रूपमा देखाउने गरेको उद्योगीहरू बताउँछन् ।

दैनिक ३ घण्टा लाइन काट्ने गरिएकोमा हेटौंडा आद्योगिक क्षेत्रले ‘माथिबाटै काटिएको’ भन्ने जवाफ दिने गरेको उद्योग संघ मकवानपुर अध्यक्ष बद्रीनाथ शर्माले बताए ।

‘हरेक दिन यति घण्टा विद्युत् जान्छ भनेर यकिन तथ्यांक छैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘घोषित लोडसेडिङ त छैन, तर मर्मत भनेर सधंै लाइन काट्ने काम भएको छ ।’

उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले औद्योगिक क्षेत्रको लोडका कारण विद्युत्मा समस्या भने नभएको बताए । ६ वर्ष अघिसम्म दैनिक १० देखि १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने गरेको प्याकुरेल बताउँछन् ।

विद्युत् कटौती हुँदा सिमेन्ट, स्टिल, प्लास्टिक, धागो, साबुन, बिस्कुट, चाउचाउ लगायत उद्योगले उत्पादन ७० प्रतिशतसम्म घटाएको निजी क्षेत्रको दाबी छ ।

‘विगतजस्तो अवस्था त छैन । तर, दैनिक २–३ घण्टासम्म विद्युत् बन्द हुँदा पनि यहाँका १ सय बढी उद्योगको दैनिक घाटा ५ करोड हुन आउँछ । त्यता राज्यको ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

जेठ २०८० मा ७० घण्टा, असार ९२, साउन १० दिनमा साढे २० घण्टा विद्युत् बन्द भएको प्याकुरेलको उद्योगको रेकर्डमा छ । तत्कालीन ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहलाई औद्योगिक क्षेत्रमै बोलाएर अवस्थाबारे जानकारी गराएपछि समस्या हल भएको प्याकुरेलले बताए । विगतका वर्षमा जस्तो यस वर्ष विद्युत्बाट धेरै दुःख बेहोर्नु नपरेको उनी बताउँछन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा तीन वटा फिडर छ । कमाने फिडर–१ र २ तथा चौकीटोल फिडरबाट उद्योगमा विद्युत् पठाइएको छ । ६१ वर्षअघि निर्माण गरिएको औद्योगिक क्षेत्रमा १ सय ४३ उद्योग छन् । जसमध्ये १ सय १५ सञ्चालनमा छन् ।

लोडसेडिङ हटाउन भारतको भर

शुक्रबारसम्म पिकआवरको ४ घण्टाबाहेक दैनिक २० घण्टाका दरले भारतबाट विद्युत् आयात भइरहेको थियो । तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत १९ नोभेम्बरमा नेपाललाई विद्युत् निर्यातको अनुमति दिँदा नै १५ मार्चदेखि सन आवर (बिहान ६ बजेदेखि ६ बजेसम्म) मात्रै बिजुली दिने गरी अनुमति दिएकोमा त्यो व्यवस्था कार्यान्वयनमा आएपछि नेपालमा बिजुली अपुग भइरहेको छ ।

त्यसका कारण घरायसी ग्राहककहाँ लोडसेडिङ नभए पनि उद्योगमा भने रातभरि लोडसेडिङ गर्ने गरेको छ ।

भारतबाट २० घण्टा विद्युत् आयात भइरहँदा पनि उद्योगहरूमा ८ घण्टासम्म लोडसेडिङ थियो । त्यसो हँुदा १२ घण्टा विद्युत् आयात बन्द हुँदा त्यसको ठूलो प्रभाव परेको देखिन्छ ।

विगतमा नेपालले भारतबाट चौबिसै घण्टा विद्युत् आयात गर्न पाउने गरी सम्झौता भएकोमा गत वर्ष २९ मार्च (१६ चैत) मा भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यात सम्बन्धी सम्झौता नवीकरण गरेको थियो ।

दिनको समय (सन आवर) मा मात्रै विद्युत् निर्यात गर्ने गरी गरिएको सम्झौताको नवीकरणको म्याद जुन महिना अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले १९ नोभेम्बरमा यो सम्झौता नवीकरण गरेको थियो ।

त्यसबेला उसले सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घण्टा नेपालमा विद्युत् निर्यात गर्न दिने तथा त्यसपछि ३० जुनसम्म सन आवरमा मात्रै विद्युत् दिने व्यवस्था गरेको थियो । त्यही अनुसार विद्युत् प्राधिकरणले १ डिसेम्बर (१६ मंसिर) देखि भारतबाट विद्युत् आयात गरिरहेको छ ।

गत मार्चमा सम्झौता नवीकरण हुँदा अधिकतम् ५ सय ५४ मेगावाट मात्रै विद्युत् नेपालले आयात गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसअघि भने नेपालले चौबिसै घण्टा आवश्यकता अनुसार विद्युत् आयात गर्न पाएको थियो । नेपालले अधिकतम १ हजार ४ सय मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्ने अनुमति पाएको छ ।

अहिले दिनको समयमा ८ सय ३० देखि ८ सय ४० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरण स्रोत बताउँछ ।

नेपालले भारतको खुला बजार इन्डियन इनर्र्जी एक्स्चेन्ज लिमिटेड (आईएक्स) बाट विद्युत् आयात गर्ने गरेको छ । उक्त बजारमा एक दिनअघि (डे–अहेड) र सोही दिन (रियल टाइम) मा कायम रहेको दरमा नेपालले विद्युत् आयात गर्ने गरेको छ ।

यसरी भारतीय खुला बजारबाट विद्युत् आयात गर्न नेपालले २०७८ मा अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ  ।

नेपालले भारतीय एक्स्चेन्ज बजारका अतिरिक्त बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत् आयात गर्छ । एक्स्चेन्ज बजारमा आयात हुने विद्युत् दर हरेक दिन परिवर्तन हुन्छ । तर, छुट्टै सम्झौता मार्फत १३२ केभी, ३३ केभी र ११ केभी प्रसारण लाइन मार्फत आयात हुने विद्युत् दर भने हरेक वर्ष वार्तामार्फत परिमार्जन हुने गरेको छ ।

खुला बजारमा भने प्रतियुनिट अधिकतम १२ भारुसम्म रकम तिरेर विद्युत् आयात गर्नुपर्ने हुन्छ ।

भारतले महाकाली सन्धि अन्तर्गत टनकपुरबाट बिजुली ल्याउन पाउने सम्झौता छ । त्यहाँबाट १५ मेगावाट विद्युत् आयात गर्न सक्ने भए पनि तीन वर्षदेखि भारतले त्यस बाटोबाट आपूर्ति बन्द गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM