२०८२ फाल्गुन २४ गते, आईतवार २२:५६

एकघण्टामै प्रश्‍नपत्र बाहिरियो, चिट चोरेको भिडियो भाइरल

७ चैत, जनकपुरधाम । एसईई परीक्षाको पहिलो दिन नै मधेशका जिल्लामा पुरानै व्यथिति दोहोरिएको छ । एसईईको पहिलो दिन बिहीबार परीक्षा सुरु भएको एक घण्टामै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो । केही जिल्लाका केही परीक्षा केन्द्रमा खुल्लमखुला चिट चोरी भएका तस्वीर तथा भिडियो समाजिक सञ्जालबाट सार्वजनिक भए ।

प्रश्नपत्र बाहिरिएको विषयमा भने फरक-फरक सूचना आइरहेका छन् । कतिपयले जनकपुर त कतिपयले सिरहा जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको दाबी गरिरहेका छन्।

जनकपुरमा मर्यादित रुपमा परीक्षा सञ्चालन भइरहेकोले प्रश्नपत्र धनुषाका कुनै पनि केन्द्रबाट आउट नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘हामीले युनिट बनाएर सबै परीक्षाकेन्द्रमा अनुगमन गर्यौं । मर्यादित र व्यवस्थित रुपमा परीक्षा सञ्चालन भयो । धनुषाका कुनै पनि केन्द्रबाट प्रश्नपत्र आउट भएको छैन,’ उनले भने ।

एक घण्टापछि परीक्षार्थी उत्तरपुस्तिका बुझाएर परीक्षाबाट निस्किन सक्ने भएकाले त्यसरी कतैबाट आउट भएको हुनसक्ने उनको आशंका छ । यद्यपि, यस विषयमा गृह मन्त्रालयमा औपचारिक जानकारी गराइसकेको प्रजिअ कडरियाले बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि सिरहाबाट प्रश्नपत्र आउट भएको कुरा अहिलेसम्म पुष्टि नभएको बताए । ‘सिरहाबाट प्रश्नपत्र आउट भयो भन्ने मैले पनि सुनेको छु । अन्यत्र जिल्लाबाट आउट भएको भन्ने पनि सुनें । कहाँबाट आउट भयो भन्ने अहिलेसम्म खुलेको छैन । सिरहामा सम्पूर्ण मेकानिजम हामीले प्रयोग गरेका छौं । त्यसकारण प्रश्नपत्र सिरहाबाट आउट भएको होइन,’ उनले भने ।

प्रविधिको युगमा देशका कुनै पनि ठाउँबाट प्रश्नपत्र आउट गरेर अन्यत्र ठाउँको हो भन्ने आरोप पनि लगाउन सकिने उनको भनाइ छ । यद्यपि, यस विषयमा बुझ्ने काम गरिरहेको उनको भनाइ छ ।

यता शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक ठूलोबाबु दाहाल उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा दिइने र उत्तरपुस्तिका पुन: लिएर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम निर्देशनालयले नै गर्ने गरेको बताए। परीक्षामा खट्ने केन्द्रअध्यक्ष तथा निरीक्षकहरूको भत्तासमेत निर्देशनालयले दिने गरेको उनले बताए । एसईईको प्रश्नपत्र भने सुरक्षा निकायमार्फत मात्रै परीक्षा केन्द्रमा पुग्ने गरेको छ।

एसईईकै क्रममा महोत्तरीको औरह गाउँपालिका-२ स्थित श्री प्रसाद सिंह माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बाहिरबाट चिट चोरी गराइरहेको भिडियो बाहिरिएको छ । यस्तै रौतहटको मौलापुर नगरपालिका- ६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा बाहिरबाट परीक्षार्थीलाई चिट दिइरहेको भिडियो भाइरल छ । विगतमा पनि यस्तो गतिविधि मधेशका जिल्लामा हुने गर्थे । यसपटक पनि त्यही रोग देखिँएको छ ।

सर्लाहीका दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई अमर्यादित क्रियाकलापमा संलग्न भएको आरोपमा निष्काशित गरिएको छ । शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका–४ मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिब जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई निष्काशित गरिएको छ । चिट चोरी गराइरहेको आरोपमा उनीहरूलाई निष्काशन गरिएको जनाइएको छ ।

मधेश प्रदेशमा आठ जिल्लाबाट ८८ हजार ८५८ परीक्षार्थी एसइई परीक्षामा सामेल भएका छन् । जसको लागि आठ जिल्लामा ३१२ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ । यस्तै ४५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र एक हजार ६६६ कार्यालय सहयोगी खटाइएको छ ।

सबभन्दा बढी धनुषाबाट १३ हजार ६५४ र सबभन्दा कम सप्तरीबाट ८ हजार ७१५ परीक्षार्थी एसईईमा सहभागी भएको शिक्षा विकाश निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।

एसईई परीक्षामा अनुगमन बाहेकका प्रक्रियामा स्वतः सहभागी मधेश सरकार

विगतको जस्तो बेथिति दोहोरिन नदिने अडानमा रहेको मधेश सरकारले आफू अनुकुल एसईई परीक्षा नहुने देखेपछि यस वर्ष अनुगमन प्रक्रियाबाट हात झिकेको छ । मधेश सरकारले परीक्षा केन्द्रमा मोबाइल पूर्णतः निषेध गर्ने, फेला परे जफत गरी नष्ट गर्ने, परीक्षा मर्यादित गर्ने केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने र अमर्यादित बनाउने केन्द्राध्यक्षलाई दण्डित गर्ने नीति लिएको थियो ।

गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्न मुख्यमन्त्री सतिशकुमार सिंहले दिएका थिए । तर शिक्षक संघ/संगठनहरूले त्यसको विरोध गरे । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार केन्द्राध्यक्ष नियुक्त गर्न नै शिक्षक संघ-संगठन र शिक्षकका नेताहरू अडानमा रहे ।

प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास समन्वय इकाइहरू पनि बोर्डकै निर्देशिकाबमोजिम केन्द्राध्यक्ष नियुक्त गरे । आफ्नो नीति लागू नहुने देखेपछि मधेश सरकार ५ चैतमा पत्रकार सम्मेलन गरी एसईई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गर्यो ।

‘विगतमा परीक्षामा धेरै चलखेल सेटिङ हुने गरेको, चोरी फ्लेप चल्ने गरेको कसैबाट लुकेको छैन । यसले क्षिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ,’ मुख्यमन्त्री सिंहले भनेका थिए, ‘त्यसकारण यसपटक गोला प्रथाबाट केन्द्राध्यक्ष चयन र परीक्षामा फेला पर्ने मोबाइलहरू जफत गर्ने हाम्रो निर्णय कार्यान्वयन भएन । त्यसकारण अनैतिक क्रियाकलापको हामी साक्षी बस्न सक्दैनौं ।’

एसईईमा प्रक्रियामा सामेल नहुने घोषणा गरेको मधेश सरकार केवल अनुगमन प्रक्रियामा मात्र सहभागी छैन । अन्य प्रक्रियामा सरकार स्वतः सहभागी छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र, उत्तर पुस्तिका मधेश सरकारको शिक्षा विकास निर्देशनालयमार्फत केन्द्रहरूमा वितरण हुन्छ । पुनः उत्तरपुस्तिका निर्देशनालयमार्फत नै राष्ट्रिय परीक्षा बोर्डमा जान्छ । त्यति मात्र होइन, परीक्षामा खट्ने केन्द्राध्यक्षदेखि परीक्षा गार्डसम्मको भत्ता पनि मधेश सरकारले नै तिर्ने गरेको एक शिक्षा विकास समन्वय इकाइ प्रमुखले बताए ।

‘मधेश सरकार अनुगमनको पाटोमा मात्र सहभागी छैन । एसईईको अरु सबै प्रक्रिया प्रदेश सरकार विना असम्भव छ,’ ती सम्वय इकाई प्रमुखले भने ‘प्रश्नपत्र परीक्षा बोर्डबाट ल्याउनेदेखि पुर्‍याउने, खटेकाहरूलाई भत्ता दिने काम त प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले गर्छ । अनि प्रदेश सरकार एसईईमा सहभागी छैन कसरी भन्ने ।’

मधेश सरकारले अनौपचारिक ढंगले एसईईमा भइरहेको गतिविधि नियालिरहेको छ । एसईईको बारेमा मुख्यमन्त्री सिंहले आज सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाललाई फोन गरेर बुझेका थिए । ‘मुख्यमन्त्रीजीले फोन गरेर एसईईको बारेमा जानकारी लिनुभयो,’ प्रजिअ दहालले भने ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कडरियाले मधेश सरकारको सम्पूर्ण संयन्त्रले एसईई परीक्षामा राम्रो सहयोग गरिरेको बताए ।

मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सहभागी नहुने घोषणा बमोजिम सरकार उभिएको बताए । ‘हामीले अस्ति नै घोषणा गरिसकेका छौं । त्यसै अनुसार हिँडिरहेका छौं,’ उनले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM