१५ फागुन, पोखरा । पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि १२औं ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ ।
बुकवर्म फाउन्डेसनको आयोजनामा भएको फेस्टिभलको उद्घाटन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गरे ।
उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताए । यो कार्यक्रम इनोभेटिज र क्रियटिभ भएको गुरुङले सुनाए । ‘यो इनोभेटिज, क्रियटिसन हो । कार्यक्रम धेरै प्रकारका छन् । पोखरा नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो,’ उनले भने ।
पर्यटन प्रवर्द्धन र विकासका लागि यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए । त्यसपछि भूमि लक्ष्मी पराजुलीद्वारा लिखित ‘मर्मेड ह्वेल प्रिन्सेस’ नामक चित्रकथा पुस्तक विमोचन गरियो ।
उद्घाटनअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत्प्रवचन दिएका थिए । इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । महोत्सव १८ गतेसम्म चल्नेछ ।