Thursday, February 27, 2025
घरसमाचार‘लाज शरणम्’ १५ मिनेट छोटियो, ४ लामा दृश्यमा कैंची

‘लाज शरणम्’ १५ मिनेट छोटियो, ४ लामा दृश्यमा कैंची

काठमाडौं । ‘लाज शरणम्’ले फिल्मको १५ मिनेट लामो दृश्यमा कटौती गरेको छ । निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेले समीक्षक र दर्शकको सल्लाहअनुसार अनावश्यक दृश्यमा कैंची चलाइएको बताए ।

दर्शकले काटेर तयार पारिएको नयाँ भर्सन विहिबारदेखि हेर्न पाउने जनाइएको छ । काटिएको भनिएका दृश्यमा सीताराम कट्टेल धुर्मुसले मदिरा पिउँदै फेसन टिभी हेरेको, गोदामभित्रका केही दृश्य, प्रहरी आएर पानी खाएको र फ्रिजभित्र हेरेको, भोलाराज सापकोटाले वास्तु हेर्ने सन्दर्भका दृश्य काटिएको हो ।

‘दर्शकको सुझावको आधारमा दृश्य काटेका हौं । हलमा बसेर पुनः हेरेपछि काट्ने निष्कर्षमा पुग्यौं । काटेका दृश्य विहिबारदेखि हेर्न पाइने छैन’ पाँडेले अनलाइनखबरसँग भने । बुधबार फिल्म रिलिज हुँदा कूल रनटाइम १६१ मिनेट थियो ।

फिल्मको लम्बेतान दृश्यलाई लिएर सामाजिक संजालमा समेत टिप्पणी भएको थियो । कतिपय समीक्षकले अनावश्यक दृश्य राख्दा दर्शकलाई झिझो भएको बताएका थिए । प्राप्त सल्लाहअनुसार दृश्य काटिएको जनाइएको छ ।

कुमार कट्टेल निर्देशित यो फिल्म महाशिवरात्रि पर्वको अवसरमा बुधबारदेखि रिलिज भएको हो । यो फिल्म विहिबारदेखि मध्यपूर्वको कतारमा समेत प्रदर्शनमा आएको सेभेन सिज इन्टरनेसनलले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -