१५ फागुन, काठमाडौं । दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ तीमध्ये १९ वटा वाणिज्य बैंक छन् । शत प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्यबाहेक सबै बैंक सूचीकृत छन् ।
प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ । कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी निस्किन्छ । लगानीकर्ताको एक कित्ता सेयरवापत कम्पनीले गरेको आम्दानी नै प्रतिसेयर आम्दानी हो ।
कम्पनी सञ्चित नोक्सानीमा नरहेको अवस्थामा प्रतिसेयर आम्दानी जति धेरै, त्यति नै बढी प्रतिफल पाउने सम्भावना रहन्छ ।
यतिबेला मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा वाणिज्य बैंकहरुको सेयर लगानीका हिसावले अरु सेक्टर भन्दा सुरक्षित देखिएको छ । प्रतिसेयर आम्दानीलाई बजार मूल्यका आधारमा तुलना गर्न पीई रेसियो महत्वपूर्ण सूचक हो ।
बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निस्कने पीई रेसियो न्यून हुँदा राम्रो मानिन्छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी १४ भन्दा बढी छ ।
यी हुन् वार्षिक प्रतिसेयर आम्दानीमा अब्बल १० बैंक
बैंक | वार्षिक प्रतिसेयर आम्दानी | बजार मूल्य |
स्ट्यान्डर्ड चार्टर्ड | ३२.६७ | ६६३.९० |
एभरेस्ट | ३२.०६ | ६२०.५० |
नबिल | २३.९८ | ४८९ |
एनएमबी | २१.८२ | २५३ |
प्राइम कमर्सियल | १९.२८ | २५०.८० |
सानिमा | १७.५६ | ३०७ |
इन्भेस्टमेन्ट मेगा | १६.६० | २२२.१० |
नेपाल एसबीआई | १६.५२ | ४२० |
ग्लोबल आईएमई | १६.०२ | २२१ |
हिमालयन | १४.०३ | २३६ |
स्रोत : सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण