२०८३ बैशाख ३१ गते, बिहीबार ००:४६

मकुना हात्ती गोली प्रकरणबाट छानविन गर्न गठित समिति चितवनमा

२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको छ ।

घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन आएर सरोकारवाला पक्षसँग छलफल थालेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर घटनाको अनुसन्धान थालिएको छानबिन समितिका संयोजक डा.पौडेलले जानकारी दिए ।

सो समितिले आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसँग छलफल गरेको छ । आज नै सो समितिले निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, निकुञ्जका अधिकारी तथा नेपाली सेनासँग छलफल गर्ने समिति संयोजक डा. पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

गत शुक्रबार बनेको छानबिन समिति चितवनमा दुई दिनसम्म रहनेछ । भोलि पूर्वी सेक्टर सौराहासहित घटनास्थल कुमरोज सामुदायिक वन क्षेत्रमा जाने योजना समितिको रहेको डा. पौडेलले जानकारी दिए । सौराहाका होटल तथा पर्यटन व्यवसायीसँग पनि बसेर निजी हात्तीको व्यवस्थापनबारे छलफल गर्ने योजना समितिको छ ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ गते भाले जंगली हात्ती मकुनालाई गोली हानेर मारेको थियो । निकुञ्जको कोर क्षेत्रमा धपाउन गएको टोली माथि जंगली हात्ती मकुनाले आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको दावी गरेको छ ।

सहसचिव डा पौडेलको नेतृत्वमा बनेको ५ सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह रहेका छन् ।

गत साउनदेखि सौराहा क्षेत्रमा देखिन थालेको मकुनाले मानवीय क्षति भने गरेको थिएन । तर, सौराहाका व्यवसायीले पालेका पोथी हात्ती खोज्दै मकुना प्रायः जसो सौराहा क्षेत्रमा आउने गरेको थियो । घाँटीमा गोली हानेर सेनाले हात्ती मारेको घटनाको संरक्षणकर्मीहरुले विरोध गरेका छन् । जंगली भाले हात्ती मार्ने कामले सौराहाको हात्ती प्रजनन् केन्द्रलाई समेत असर गर्ने उनीहरुको तर्क छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM