Sunday, March 16, 2025
घरसमाचार‘नो केबुलकार’ समूहका ३ जना धरौटीमा रिहा

‘नो केबुलकार’ समूहका ३ जना धरौटीमा रिहा

२१ माघमा काठमाडौंको माइतीघरमा नो केबुलकार समूहको विरोध प्रदर्शन /फाइल तस्वीर


२४ माघ, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै आन्दोलन गर्दा पक्राउ परेकाहरू रिहा भएका छन् । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा भएका हुन् ।

प्रदीप मादेन १० हजार तथा लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

गत १२ माघमा पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै विरोध भएको थियो ।

विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए ।

गृह मन्त्रालयको टोलीसँग २२ माघमा भएको वार्तामा केबुलकार निर्माण र आन्दोलन स्थगित गर्ने तथा पक्राउ परेकाहरूलाई रिहा गर्ने लगायत ६ बुँदे सहमति भएको थियो । सोही सहमति अनुसार नै पक्राउ परेकाहरूलाई छोडिएको प्रहरीले जनाएको छ ।

‘नो केबुलकार समूह’ ले २१ माघमा काठमाडौंको माइतीघरमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन समेत गरेको थियो ।

२१ माघमा सरकारले उक्त समूहसँग वार्ता गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

सरकारले वार्ता समिति बनाएसँगै सोही दिन नो केबुलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको छ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -