Saturday, December 14, 2024
घरसमाचारकेयूको उपकुलपति छनोट समिति गठन

केयूको उपकुलपति छनोट समिति गठन

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा


२९ मंसिर, काठमाडौं। सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ ।

कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा विश्वविद्यालयका अध्यक्ष प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।

यसअघि सहकुलपति (शिक्षामन्त्री)को नेतृत्वमा छनोट समिति गठन हुने गरेकोमा यसपटक त्यो परम्परा तोडिएको छ ।

विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले छनोट समिति राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनुपर्ने भन्दै छनोट समितिमा आफ्ना प्रतिनिधि पनि हुनुपर्ने माग राख्दै आएका थिए । तर उनीहरुको माग भने यसपटक सम्बोधन भएन ।

काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति भएका थिए ।

केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ ।

पछिल्ला चार वर्षयता केयूमा एक दिन पनि प्राध्यापक र शिक्षकका कारण पठनपाठन समेत अवरुद्ध भएको छैन । तुलनात्मक रुपमा केयूमा विद्यार्थीको आकर्षण पनि देखिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -