काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आमीले दुई जना वैदेशिक रोजगार पीडितको उद्धार गरेको छ । मेनपावर कम्पनी मार्फत दुबई पुगेका उनीहरुलाई याताना दिइएको बताइएको छ ।
आईटी आर्मी काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष टाईसन लामाको नेतृत्वमा रहेको टोलीले उनीहरुलाई उद्धार गर्न सफल भएको हो । सिन्धुलीका मिनमाया गोले, धादिङका रेनुका भण्डारीलाई आईटी आर्मीले उद्धार गर्न सफल भएको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहका अनुसार कम्पनीमा काम गर्ने भनेर दलाल र एजेण्टले भिजिट भिसामा झुक्याएर पठाएको थियो । न्यू लाईट इन्टरनेशनल मेनपावर कम्पनी मार्फत उनीहरु गत १८ कातिकमा दुबई गएका थिए ।
पीडित भण्डारीले ९ घण्टा भनेर १२ घण्टा काममा लगाएको बताईन् । पारिश्रमीक समेत आफूहरुले नपाएको उनले बताईन् । होटेलको काम भनेर लगेको तर आफूलाई भनेजस्तै काम नगरी शोषण गरेको आरोप उनले लगाईन् ।
पीडितका दाई आईटी आर्मीका आईसन लामसंग भेटर घटनाको विवरण सुनाएपछि उनले मेनपावर कम्पनीमा गएर फिर्ता बोलाउनुपर्ने दबाब दिएका थिए । आईटी आर्मीको सक्रियता एवं दबाबमा उनीहरुलाई नेपाल फर्काइएको हो ।