Saturday, December 7, 2024
घरसमाचारकाँग्रेसले प्रदेश स्तरीय भेला आयोजना गर्ने

काँग्रेसले प्रदेश स्तरीय भेला आयोजना गर्ने




विराटनगर । नेपाली काँग्रेसले नेपालभरिका पाँच महानगरपालिकाका महानगर सभापतिसहित कोशी प्रदेश स्तरीय भेला आयोजन गर्ने भएको छ ।

यही मङ्सिर–१८ गतेदेखि विराटनगरको जैन भवनमा आयोजना हुने दुई दिने दिने भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला सभापति, क्षेत्रिय सभापति तथा नगर सभापति सहित कोशी प्रदेशका १ सय ३७ वटै पालिकाका पार्टी सभापतिहरूको सहभागिता रहने छ ।

भेलाको मङ्सिर–१८ गते दिउसो–१ नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद डा शेखर कोइरालाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको भेला आयोजक समितिका संयोजक दिपक चापागाईँले बताउनुभयो ।

आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै भेलामा कोशी प्रदेशका पालिकाका पार्टी सभापति सहित विराटनगर महानगरपालिका, काठमाडौँ महानगरपालिका, पोखरा महानगरपालिका, वीरगन्ज महानगरपालिका तथा ललितपुर महानगरपालिका महानगर सभापतिहरूको सहभागिता रहने जनाएको छ ।

भेलालाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, एनपी साउथ, डिना उपाध्याय, डा मिनेन्द्र रिजाल, गुरुराज घिमिरे तथा कोशी प्रदेशमा रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेशका पार्टी सभापतिले संवोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -