२०८२ माघ ८ गते, बिहीबार १०:५३

उदयपुरमा उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा 

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले दुई पालिकामा हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखिएको जनाएको छ ।

उदयपुरमा बेलका नगरपालिकाको वडा नम्बर ९ र त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । 

उपनिर्वाचन हुने स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतले सुरक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार उपनिर्वाचन हुने स्थानमा २ सय ७ जना नेपाल प्रहरी, १३४ जना सशस्त्र प्रहरी र १४० जना नेपाली सेनाले सुरक्षा दिनेछन् । 

उपनिर्वाचन हुने उदयपुरको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका–१२ को १ मतदानस्थल जनप्रेमी आ.वि. पुरानो गाईघाटमा चार वटा उपकेन्द्र निर्माण गरिएको छ भने बेलका नगरपालिका–९ को मतदानस्थल बरपीपल मा.वि.कमलाबारीमा तीन वटा उपकेन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सहायक सूचना अधिकारी दिलीप मगरले जानकारी दिनुभयो । 

२०७९ को स्थानीय तह निर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसबाट पदम खड्का र त्रियुगा नगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेसबाट चुडाराज काफ्ले निर्वाचित हुनुभएको थियो । उहाँहरूको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको स्थानमा भोली आइतबार उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच, उदयपुरमा आइतबार हुने उपनिर्वाचनको सम्पुर्ण तयारी समेत पुरा भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जानकारी दिएको छ । 

निर्वाचन कार्यालयले शनिबार बिहानैदेखि आवश्यक जनशक्ति परिचालन गरेर मतदान केन्द्रको सबै तयारी पूरा गरेको जनाएको छ ।

उपनिर्वाचन हुने बेलका नगरपालिका–९ मा  १ हजार ५७२ पुरुष र १ हजार ५६४ महिला गरी ३ हजार १३६ जना मतदाता रहेको र त्रियुगा नगरपालिका– १२ मा १ हजार ८ सय ७६ जना पुरुष र १ हजार ९७१ महिला गरी कुल ३ हजार ८४७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । 

मतदान भोली आइतबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म हुने छ ।

त्यस्तै, उपनिर्वाचन हुने दुवै पालिकाले एक विज्ञप्ति जारी गरी आइतबार सार्वजनिक बिदा दिएका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM