२०८२ मंसिर २६ गते, शुक्रबार २१:३०

अर्थतन्त्र सुधारमा आयो ढुक्कसँग लगानी गरौँ : अर्थमन्त्री पौडेल 




रूपन्देही । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । 

रूपन्देही उद्योग सङ्घले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा समस्या परेको बताउनुहुँदै अहिलेको सरकार प्रतिनिधि सभाबाट बन्ने सबैभन्दा बलियो रहेको बताउनुभयो । उहाँले अब तीव्र गतिमा औद्योगीकरणमा जानुपर्ने बताउनुभयो ।

सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै स्थानीयले जोतभोग गरिरहेको र बस्ती रहेको क्षेत्र छाडेर  भएपनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताउनुभयो । 

औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो । तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब तीन सय बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा  आन्दोलनमा उत्रेर विरोध गरेका थिए । स्थानीयको विरोधका बीच शिलान्याश भएको तीन वर्षसम्म पनि औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । ‘अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरूलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ’–अर्थमन्त्री पौडेलले भन्नुभयो–‘औद्योगिक क्षेत्रहहरु निर्माण र सञ्चालनले उत्पादन बढाएर तथा रोजगारी सिर्जना गरेर मात्रै देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ ।’ अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दाबी गर्दै अर्थमन्त्री पौडेलले उद्योगीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । 

अहिलेको जस्तो स्थिर सरकार अहिलेको संसद्को अङ्कगणितले दिन नसक्ने भएकाले यसको लाभ उद्योगी व्यवसायीले लिन सक्नुपर्ने पौडेलले सुझाउनुभयो । सरकारले अर्थतन्त्र सुधारका लागि विज्ञहरुको आयोग बनाएर उनीहरूका सुझावका आधारमा अघि बढेको र  आउने नीति तथा कार्यक्रम र बजेटमा त्यसको प्रतिफल देखिने उहाँले बताउनुभयो । ‘आर्थिक सुधार सुझाव आयोग र निजी क्षेत्रको सुझावका आधारमा नीति कार्यक्रम र बजेट बन्छ, हामी सरकारमा आउँदा अर्थतन्त्रमा समस्याका चाङ थिए,राजस्व चुहावटका बेथिति थिए ती सबै क्रमशः सुधार  गर्ने दिशामा सरकार छ’–उहाँले भन्नुभयो। 

उहाँले निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार नहुने बताउनुहुँदै बुटवलको अन्तर्राष्ट्रिय  सम्मेलन केन्द्र र प्रदर्शनी स्थल सञ्चालनका लागि समिति बनाइएको र  कार्यविधि बनाएर छिटै सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्न विद्युत् प्राधिकरणले खपत गरेको विद्युतको बिल दिनुपर्ने र उद्योगीले बिल अनुसार भुक्तानी गर्नु बाहेक अरू विकल्प नभएको पौडेलले स्पष्ट पार्नुभयो। गौतमबुद्ध विमानस्थल राम्रोसँग चल्ने दाबी गर्दै आईएलएस प्रविधिको विकल्पमा अरू  प्रविधि ल्याएर भएपनि चलाउने बताउँदै अर्थमन्त्री पौडेलले विमानस्थल चल्दैन भनेर नबोल्न र नलेख्न निर्देशनात्मक शैलीमा आग्रह गर्नुभयो। ‘विगतमा बन्दैन भन्थे, बनेपछि चल्दैन भन्छन् तर राम्ररी चल्छ, विदेशमा पनि बन्ने बित्तिकै विमानस्थल नचलेका उदाहरण छन्’–उहाँले भन्नुभयो–‘त्यसैले विमानस्थल चल्दैन भनेर कसैले पनि लेख्ने होइन, बोल्ने होइन ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM