Saturday, December 7, 2024
घरसमाचारकांग्रेस र एमाले सहकार्य २०८४ सम्म रहन्छ : वन मन्त्री शाही

कांग्रेस र एमाले सहकार्य २०८४ सम्म रहन्छ : वन मन्त्री शाही

१५ मंसिर, धनगढी । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य २०८४ सम्म नै कायम रहने बताएका छन् । शाहीले दुवै पार्टीबीच भएको सहमतिअनुसार नै २०८४ सम्म अहिलेको समीकरण कायम रहने बताएका हुन् ।

प्रेस युनियन कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले दुई प्रमुख दलबीच भएको सहमति अनुसार सुरुका दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र बाँकी समय काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने दाबी गरे ।

अहिलेको सरकारले नागरिकमा सिर्जना भएका निराशा चिर्ने गरी काम गरिरहेको दाबी समेत गरेका छन् । उनले बाजुरामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गरिने समेत बताए । आगामी आर्थिक वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना अघि सारिने उनको भनाई थियो ।

बडिमालिका बाहेकका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि संरक्षित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित प्रारम्भीक अध्ययन भइरहेको जानकारी समेत दिएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -