Saturday, December 7, 2024
घरसमाचारविद्यार्थीहरूद्वारा देउसी भैलोबाट सङ्कलित रकम दृष्टिविहीन विद्यार्थीका लागि खर्च

विद्यार्थीहरूद्वारा देउसी भैलोबाट सङ्कलित रकम दृष्टिविहीन विद्यार्थीका लागि खर्च




नवलपरासी पश्चिम् । पछिल्लो समय देउसी भैलोबाट उठेको रकमले वनभोज लगायतका मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने प्रचलन बढिरहँदा पश्चिम् नवलपरासीका विद्यार्थीहरूले भने देउसी भैलोबाट सङ्कलित रकमबाट परोपकारी काममा खर्च गरेका छन् ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा क्याम्पसका विद्यार्थीहरूले देउसी भैलोबाट सङ्कलित रकमबाट दृष्टिविहीन विद्यार्थीहरूलाई सहयोग गरेका छन् । परासीमा रहेको आर्दश नमुना माविमा अध्ययनरत २२ जना दृष्टिविहीन बालबालिकालाई उनीहरूले न्यानो कपडासहित दराज लगायतका सामाग्री सहयोग गरेका हुन् ।

विद्यार्थीहरूले देउसी भैलो खेलेर सङ्कलन गरेको रकममा क्याम्पसको स्रोत र क्याम्पसका संरक्षक लिलाधर सापकोटाको सहयोगमा रकम थप गरेर दुई लाख बराबरको सामाग्री सहयोग गरेको क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले जानकारी दिनुभयो । विद्यार्थीहरूले हरेक वर्ष देउसीभैलो मार्फत रकम सङ्कलन गर्ने र विभिन्न रचनात्मक कार्यमा उक्त रकम खर्च गर्दै आएका छन् ।

सो क्रममा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले दृष्टिविहीन विद्यार्थीको लागी छात्रावासको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले दृष्टिविहीन विद्यार्थीको लागी आवश्यक व्यवस्थापन नगरपालिकाको तर्फबाट गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -