Friday, November 29, 2024
घरसमाचारपोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा

पोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा

फाइल तस्वीर


काठमाडौं । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले पोर्नोग्राफी मुद्दामा बलिउड जोडी राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा शुक्रबार बिहान छापा मारेको छ । त्यसपछि कुन्द्राको कार्यालयमा पनि छापा मारिएको छ ।

यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा समेत खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईडीले मोबाइल एप्लिकेसन र अन्य माध्यम मार्फत पनि पोर्नोग्राफी फिल्म बनाउने ठाउँको खोजी गरिरहेको छ ।

अभिनेत्री पुनम पाण्डे, शर्लिन चोपडा र गेहाना वशिष्ठलाई पनि पोर्न फिल्म बनाएको अभियोग लागेको थियो ।

कुन्द्रा गत जुलाईमा पक्राउ परेका थिए । कुन्द्राको हटसट एपमा अश्लील भिडियो प्रसारण गरेको आरोप लागेको थियो । उनलाई आईपीसी धारा २९२, २९६ अनुसार अश्लील सामग्री बनाउने, धारा ४२० अनुसार विश्वासघात, कपट, सूचना प्रविधि ऐन, डिजिटलमाध्यममार्फत अश्लील सामग्री पोस्ट र प्रसारण गर्ने, महिलाको अशोभनीय प्रतिनिधित्व गर्ने लगायत आरोप लगाइएको थियो ।

केही महिनाअघि मात्रै प्रवर्तन निर्देशनालयले शिल्पा र राज कुन्द्राको ९७.७९ करोड भारुको सम्पत्ति जफत गरेको थियो । जसमा शिल्पाको जुहू फ्ल्याट र बंगला तथा कुन्द्राको नाममा दर्ता भएको इक्विटी सेयरहरू समावेश छन् । यो मुद्दा सन् २००२ को बिटक्वाइन पोन्जी योजना घोटालामा मनी लाउन्ड्रीसँग सम्बन्धित छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -