Saturday, December 7, 2024
घरसमाचारआइफोन प्रयोगकर्ताका लागि च्याट जिपिटी सर्चको नयाँ सुविधा

आइफोन प्रयोगकर्ताका लागि च्याट जिपिटी सर्चको नयाँ सुविधा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स च्याट प्लाटफर्म च्याट जिपिटीले आइफोन तथा आइप्याड प्रयोगकर्ताका लागि नयाँ सर्टकट टूल जारी गरेको छ । योसँगै अब आइओएस तथा आइप्याडओस एपमा च्याट जिपिटीको प्रयोग झनै सहज बन्नेछ ।

ओपन एआईले सर्च जिपिटी अर्थात् च्याट जिपिटी सर्च फिचर गत महिनामात्रै लञ्च गरेको थियो । अहिले कम्पनीले सोही सर्च जिपिटीको सर्टकट रिलिज गरेको हो । यद्यपि सर्च जिपिटी अहिले केवल सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

सर्च जिपिटी सर्टकट कसरी थप्ने ?

  • आइफोन तथा आइप्याड प्रयोगकर्ताले यो सर्टकट जोड्नका लागि Apple Shortcuts एप खोल्नुहोस् ।
  • यदि तपाइँको डिभाइसमा च्याट जिपिटी एप इन्स्टल गरिएको छ भने सर्टकटको सूचीमा सर्च जिपिटीको विकल्प देखिनेछ।
  • त्यसलाई होमस्क्रिनमा राख्नका लागि Open SearchGPT  विकल्प छान्नुहोस्
  • उक्त सर्टकट सिरीको माध्यमबाट पनि सक्रिय गराउन सकिन्छ र यसका लागि तपाइँको डिभाइसमा आइओएस १८.१ अपडेट हुनुपर्नेछ ।
  • यसले ओपन एआईको नेभिगेसन सर्च इन्जिनको प्रयोग गरेर वेब ब्राउजिङको सुविधा दिन्छ । साथै यसले प्रयोगकर्ताद्धारा सोधिएका च्याट जिपिटीको ज्ञानआधार भन्दा बाहिरका प्रश्नहरुको पनि जवाफ दिनसक्छ ।
  • च्याट जिपिटीले आफ्ना उत्तरसँगै त्यसमा प्रयुक्त वेबपेजहरुको लिंक पनि देखाउँछ ताकि प्रयोगकर्ताको जानकारीलाई सत्यापित गर्न सकियोस् ।

सर्च जिपिटीको प्रयोग कसरी गर्ने ?

आमरुपमा च्याट जिपिटीमा text field  भन्दा तल रहेको ग्लोबको आइकनमा ट्याप गरेर उक्त फिचरलाई सक्रिय बनाउन सकिन्छ । सर्टकट आइकनले प्रयोगकर्ताका लागि उक्त प्रक्रियालाई अझै सहज बनाइदिन्छ । जसै एप खुल्दछ यसले वेब सर्च अप्सनलाई स्वचालित रुपमा सक्रिय बनाइदिन्छ ।

सर्च जिपिटीको महत्व

ओपन एआईले यो फिचरलाई अक्टोबरमा पेश गरेको थियो । यसलाई वेबमा उत्कृष्ट तरिकाले जानकारीको खोजी गर्ने टूलको रुपमा प्रस्तुत गरिएको छ । यसले च्याट जिपिटीका सीमाहरुलाई कम गर्नेमात्र होइन प्रयोगकर्तालाई सटीक तथा प्रमाणित जानकारीसम्म पुग्न पनि मद्दत गर्दछ । आइफोन तथा आइप्याड प्रयोगकर्ताका लागि यो निकै उपयोगी तथा महत्वपूर्ण अपडेट हो, जसले च्याट जिपिटीलाई थप सुविधाजनक तथा शक्तिशाली बनाएको छ ।

–एजेन्सी

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -