२०८२ मंसिर १ गते, सोमबार ०६:३४

निर्वाचन प्रचारप्रसार निषेध अवधि आज राति १२ बजेदेखि सुरु हुने




काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती १२ः०० बजेदेखि सुरु हुने जनाएको छ ।

स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता बमोजिम मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै पनि प्रकारले प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्न निर्देशन दिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा प्रचार प्रसार कार्य भए÷ गरेको पाइएमा तत्काल कानून बमोजिम कारबाही गरी निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा जानकारी गराउन अनुगमनमा खटिएका अनुगमनकर्तालाई आयोगले अनुरोध गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM