२०८२ मंसिर २१ गते, आईतवार ००:५३

विश्वकप क्रिकेटको आधारभूत पूर्वाधार निर्माण भए काठमाडौँ पछि दोस्रो रोजाइमा पोखरा पर्ने




पोखरा । विश्व कप क्रिकेटको आधारभूत पूर्वाधार निर्माण भए काठमाडौँ पछि दोस्रो रोजाइमा भने पोखरा पर्ने भएको आइसिसी प्रतिनिधिले बताउनु भएको छ । 

पर्यटकीय नगरी पोखरा आफैमा सुन्दर छ यहाँ क्रिकेट मैदान पनि राम्रै अवस्थामा रहेको छ तर केही भौतिक पूर्वाधार निर्माणको अभावमा भने अन्तर्राष्ट्रिय देखि वर्ल्ड कप खेलाउनको लागि आधारभूत भौतिक संरचनाको भने अभाव भएको आइसिसीको प्रतिनिधिले बुधबार पोखराका आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो । 

राज्यले वर्ल्ड कप खेल्ने आधारभूत भौतिक पूर्वाधार निर्माण गरेको खण्डमा आगामी २ वर्ष भित्र पोखरामा पनि क्रिकेटको वर्ल्ड कप हुने सम्भावना रहेको आइसिसीका रिजनल म्यानेजर रोहित पोदारले बताउनु भयो । पोखरामा नेपालको दोस्रो भेन्युको रुपमा सम्भावना रहेको बताउँदै उहाँले यसको लागि अब केही भौतिक संरचना निर्माण गर्न आवश्यक भएको बताउनु भयो । 

एसिसीका डेभलप्मेन्ट म्यानेजर इमान्यूल इस्लामले केही समय अघि नै नेपालमा उक्त खेल हुने आफूहरूले मिति घोषणा गरेको अवस्थामा नेपालको भौतिक संरचनाको पक्ष अझै कमजोर रहेको जनाउनु भयो । नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको साख महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले वर्ल्डकपका लागि खेल मैदान कम्तीमा पनि आइसिसीले निर्धारण गरेको मापदण्ड पुरा हुनुपर्ने बताउनु भयो ।

क्रिकेट खेललाई विकेन्द्रित गर्न पनि काठमाण्डौं पछि आफूहरूले पोखरामा क्रिकेटको दोस्रो रोजाइको रुपमा स्थापित गर्न खोजेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताउनु भयो । पोखरामा नै वर्ल्डकप हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको उल्लेख गर्दै उहाँले एउटा क्रिकेट खेलले यस क्षेत्रको आर्थिक क्रियाकलापमा ठुलो अर्थ राख्ने उहाँले जनाउनु भयो । 

सन २०२७ मा हुने भनिएको वर्ल्ड कप महिला यू १९ प्रतियोगिताको दोस्रो भेन्यूको रुपमा हेरिएको पोखरा क्रिकेट रंगशाला अवलोकन पछि आइसिसीका प्रतिनिधिहरू सकारात्मक भएको अवस्थामा अब राज्यले ४ करोड लगानी गरेको खण्डमा उक्त प्रतियोगिताका केही खेल पोखरामा हुन सक्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले दाबी गर्नु भयो । उहाँका अनुसार पेभिलेन, खेलाडी चेन्जिङ रुम, अपिसियल सहितको सचिवालयको कार्यालय भवन, मिडिया सेन्टर(कक्ष) शौचालय लगायतका भौतिक संरचना निर्माण गर्न आवश्यक भएको छ । आफ्नो सम्पूर्ण ध्यान २०२७ विश्वकपका लागि रहेको जनाउँदै पूर्वाधार निर्माणका लागि सबै सँग अध्यक्ष सिग्देलले आग्रह गर्नु भयो । 

पोखरा रंगशालाको क्रिकेट मैदान अत्याधुनिक सेवा सुविधा सहितको अन्तर्राष्ट्रिय स्ट्याण्डरको बनाउनको लागि १ अर्ब ७७ करोडको डिपिआर समेत बनाइएको क्यान कास्कीले जनाएको छ । आइसिसीको टोलीले पोखराको क्रिकेट मैदान सहित यहाँका होटलहरुको समेत प्रारम्भिक रुपमा अवलोकन गरेको छ । सन २०२७ मा नेपाल सहित बङ्गलादेशले महिला तर्फको यू—१९ क्रिकेटको वर्ल्ड कप आयोजना गर्ने जिम्मा पाएका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM