८ मंसिर, संखुवासभा । सङ्खुवासभामा पूजा गर्ने क्रममा एकजना अरुण नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा संखुवासभाको चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार जिमी चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका हुन् ।
शनिबार दिउँसो अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता भएका थिए । जिमी ६ जनासहित शनिबार अरुण नदी पुगेका थिए । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
– रासस