२०८२ कार्तिक २६ गते, बुधबार ०२:२२

डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई ४०८ थान स्मार्टफोन

३० कात्तिक, काठमाडौं । डिजिटल सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नियमनको लागि ट्राफिक प्रहरीलाई ४०८ थान स्मार्टफोन हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा होटल गुडविल कनिबहाल ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए ।

आईजी कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM