भैरहवा । रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बुधबार दोस्रो दिन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा १० घन्टा बयान लिइएको छ ।
दोस्रो दिन बयान नसकिएकाले आज तेस्रो दिन १० बजेबाट बयान सुरु हुने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ ।
बुधबार बिहान सवा १० बजेबाट लामिछानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयान साँझ सवा ७ बजेसम्म १० घण्टा लगाएर लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रेमराज पौडेलले बयान करिब करिब अन्तिममा पुगे पनि नसकिएको बताउनुभयो ।
बुधबार बयान नसकिएकाले बिहीबार बिहान १० बजेबाटै बयान पुनः सुरु हुने उहाँले जानकारी दिनुभयो । लामिछानेलाई कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । बयान आज पनि बिहान १० बजे बाट जारी रहने छ ।

















