Thursday, November 14, 2024
घरसमाचारसरकारले गर्‍यो ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ नीति घोषणा

सरकारले गर्‍यो ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ नीति घोषणा

२८ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको गुणस्तर सुधार र सहज उपलब्धताका लागि ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रगतको गुणस्तरमा देखिएका समस्या समाधान गर्न यो नीति ल्याइएको जानकारी दिए ।

मन्त्री पौडेलका अनुसार रगतको गुणस्तर, मापदण्ड निर्धारण गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्न लागिएको छ । जनस्वास्थ्य सेवा नियमावली २०७७ ले २५ शैयाभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठूला अस्पतालहरूले समेत बिरामीलाई अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् ।

‘रक्तदानको दर निकै कम छ र आम नागरिकलाई यसतर्फ प्रोत्साहन गर्नु आवश्यक छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने । उनका अनुसार गठित समितिले रगत संकलन केन्द्रहरूको व्यवस्थापन र मापदण्डको अनुगमन गर्नेछ र एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।

हाल रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच समन्वयको अभाव छ । विगतमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रहरू निरन्तर सञ्चालनमा आउन नसक्दा पटक–पटक रगतको अभाव हुने गरेको छ । त्यसैगरी, बिरामी आफैं रगत खोज्न जाने भएकाले ब्लड ब्याकदेखि अस्पतालसम्म पुर्‍याउँदा रगत भण्डारणको मापदण्ड पालना नहुने चिकित्सक बताउँछन् ।

रगतको संकलन, भण्डारण, प्रशोधन र वितरणमा मापदण्ड पालना नगरिंदा एवं नियमन नहुँदा बिरामीको जीवनमै खेलबाड भइरहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -