२०८२ कार्तिक २९ गते, शनिबार ०९:१२

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

२७ कात्तिक, काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि स्कटल्याण्डका माइकल लिस्कलाई अनुबन्ध गरेको छ ।

पोखराले एद्दपीएद्यका लागि अनुबन्ध गरेको लिस्क छैटौं विदेशी खेलाडी हुन् । पोखारले यसअघि अमेरिकाका आन्द्रेस गौस, वेष्ट इन्डिजका एण्डरसन फिलिप र रेमोन रेइफर, नेदरल्याण्ड्सका बास डे लिड र इंग्ल्याण्डका म्याट क्रिकटलेलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएले हरेक टिमले चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछ भने बढीमा ६ विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।

३४ वर्षीय लिस्क अलराउन्डर हुन् । उनी लामो छक्का प्रहारका लागि परिचित छन् । उनले ८० ओडिआई र ६७ टी-२० आई म्याच खेलेका छन् । टी२०आईमा उनले ७२६ रन बनाउनुका साथै ४१ विकेट लिएका छन् । सबैखाले टी२० गरी उनले ८५ खेल खेलेका छन् ।

‘एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’ लिस्कले भने ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लिस्कको आगमनले पोखराको टिम अझ बलियो भएको र टिमको प्रदर्शन समेत अब्बल हुने बताए ।

यस्तै टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे । साथै उनले टिम सन्तुलित भएको पनि बताए ।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्। त्यस्तै टोलीका अन्य खेलाडीमा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ छन् ।

पोखराले आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । फिल्डिङका बादशाह जोन्टी रोड्स पोखराको मेन्टरको रुपमा छन् ।

क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM