२०८२ कार्तिक २६ गते, बुधबार ०१:५३

कृषिमन्त्री अधिकारी तथा मेक्सिकोका कृषिमन्त्री र सिमिटका महानिर्देशकबिच भेटवार्ता




काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकासमन्त्री जुलियो बर्डेगाबिच भेटवार्ता भएको छ ।

सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन गर्न तथा सिमिट र नेपाल सरकारबीच दिगो रुपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डल सहित मेक्सिकोमा रहनुभएका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्री बिचको भेटमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबिच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

भेटमा मन्त्री अधिकारीले नेपाल सरकारको तर्फबाट मेक्सिको सरकारलाई मेक्सिकोका पर्यटकका लागि नेपाललाई प्राथमिकताको भ्रमण गन्तव्यका रूपमा लिन र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो ।

त्यस्तै मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा ब्राम गोभाएर्ट्स बिच पनि भेटवार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग संयुक्त रूपमा परियोजना प्रस्ताव विकास गर्न र गतिविधि सुरु गर्न आग्रह गर्नुभयो ।

सन् १९८५ बाट नेपाल सरकार र सिमिटविच औपचारिक साझेदारी भएता पनि सन् १९६० देखि नै सहकार्य भइआएको छ। सिमिटबाट विकसित गहुँको नयाँ जात जातको प्रयोगबाट नेपाल पनि हरित क्रान्तिमा समाहित भएको थियो। समन्वयात्मक अनुसन्धानका प्रयासहरूले नेपालको तराई क्षेत्र र पहाडहरूमा मकै र गहुँको उत्पादकत्वलाई उल्लेखनीय रूपमा बढाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM