Sunday, December 8, 2024
घरसमाचारपाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु




पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा  रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताउनुभएको छ ।  

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८ः४५ बजे  रेलले यात्रुहरूलाई  पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।  

पछिल्लो समयमा आतङ्कवादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरू बढाउँदै आएको जनाइएको छ ।  

गत अगस्टमा भएका  दर्जनौँ आक्रमणको  जिम्मेवारी बीएलएले  लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।रासस/एएफपी 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -