Wednesday, November 13, 2024
घरसमाचारमुख्य प्रशिक्षकको स्वीकारोक्ति : अमिशालाई रिप्लेस गर्नु गल्ती भयो

मुख्य प्रशिक्षकको स्वीकारोक्ति : अमिशालाई रिप्लेस गर्नु गल्ती भयो

१४ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अमिशा कार्कीलाई रिप्लेस गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेलेको थियो । ५२औं मिनेटमा गोल खाएको नेपालका लागि अमिशाले बराबरी गोल फर्काएकी थिइन् ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा ७७औं मिनेटमा प्रशिक्षक तामाङले अमिशालाई बाहिर निकाले । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरिन् ।

तर नेपालले ८१औं मिनेटमा गोल खायो र, त्यही गोलमा बंगलादेशले उपाधि उचाल्यो । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक तामाङले भने, ‘हामीले ट्राइ गरेको, भएन । अमिशालाई रिप्लेस गर्नु मिस्टेक भयो ।’

उनका अनुसार रेखा पौडेलको अनुपस्थिति पनि टिममा खड्कियो । भारतविरुद्ध सेमिफाइनलमा रातो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाइन् ।

उनको स्थानमा सरु लिम्बुलाई खेलाइएको थियो । तर उनले अगाडि बढेर खेल्न सकिनन् । जसका कारण साबित्रा भण्डारी साम्बा मात्र अगाडि भइन् ।

मुख्य प्रशिक्षक तामाङ भन्छन्, ‘रेखा नहुँदा गाह्रो भयो । उनको काम जुन खेलाडीलाई गराउँछौं भनेको त्यो पनि भएन ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -