१३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ५ दिने भ्रमणका लागि २५ कात्तिकमा अजरबैजानको बाकु जाने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपति पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन अजरबैजान जान लागेका हुन् । उनी ३० कात्तिकमा स्वदेश फर्किनेछन् ।