Wednesday, November 13, 2024
घरसमाचारकृषि क्षेत्रको विकासका लागि नवीन सोचका साथ काम गर्न आवश्यक छ: मन्त्री...

कृषि क्षेत्रको विकासका लागि नवीन सोचका साथ काम गर्न आवश्यक छ: मन्त्री अधिकारी




नेपालगन्ज।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नवीन सोचका साथ काम गर्न आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्नुहुँदै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्नेहरूका अभिभावक हो, त्यसैले उहाँहरूसँग निरन्तर साक्षात्कार गर्नुस्,’ मन्त्री अधिकारीले भन्नुभयो’कृषि सुधार्न तपाईँहरूको अहम भूमिका छ ।’

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न प्रयत्न भइरहेको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताउनुभयो । 

नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उहाँको टिप्पणी छ । मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गर्नुभयो ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदले हाल दुई स्थान ठाकुर बाबा-३ मिर्चैया बर्दिया र शिवराज-३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिनुभयो । निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९/८० देखि निर्देशनालयले लमही-२ केरुनिया दाङमा ‘नार्क’ प्रविधि गाउँ सञ्चालन गरिएको छ । उहाँले जनशक्तिको चरम अभाव व्यहोरी रहेको जानकारी गराउनुभयो । कृषि वैज्ञानिकसँगै अन्य प्राविधिकको उपलब्धताको अवस्था दयनीय रहेको उहाँको भनाई छ । 

यसैगरी खजुरामै रहेको कोसे बाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गर्नुभएको छ । कार्यक्रम संयोजक डा। अनिल पोख्रेलले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -