२०८२ कार्तिक २५ गते, मंगलवार ०५:३०

वीरगञ्जबाट ३ महिनामा ७ अर्ब ७६ करोड ३० लाख बढीको सामाग्री निर्यात

वीरगञ्ज । वीरगञ्जस्थित एकिकृत तथा आइसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ र असोज महिनामा भारत तथा तेस्रो मुलुकतर्फ ७ अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगञ्जस्थित आइसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

आइसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष २०८१/०८२ को तिन महिनामा १ अर्ब ७८ करोड ३० लाख ५६ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ भने तिन महिनाको अवधिमा ५५ करोड २३ लाख ३९ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ ।

त्यसैगरी तिन महिनाको अवधिमा ६३ करोड १५ लाख ४४ हजार मूल्य बराबरको पिना, २५ करोड ८३ लाख ५६ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल, २२ करोड १० लाख २३ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ को तिन महिनामा ४४ करोड ६३ लाख ५९ हजार मूल्य बराबरको बत्तीसा, त्रिफला, कवाजहरू, च्यवनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू भारत निर्यात भएको छ भने तिन महिनाको अवधिमा १४ करोड ९७ लाख २२ हजार मूल्य बराबरको उनी गलैँचा कार्पेट, १८ करोड ७१ लाख, ६० हजार बराबरको कुकुर वा बिरालाको खाना, १२ करोड ९३ लाख २८ हजार मूल्य बराबरको एम.एस. स्टील स्ट्रीप भारत निर्यात भएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा वीरगञ्जको आइसीपी भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा, आयुर्वेदिक औषधी, स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप, तयारी कपडा, र पोसाकका नमूना भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM