२०८२ कार्तिक २५ गते, मंगलवार १०:१९

डेंगुको संक्रमण बढ्दै, सचेतना अपनाउन सरकारको आग्रह




काठमाडौँ । सरकारले डेंगुको संक्रमण बढ्दै गएकोमा सचेतना अपनाउन र डेंगु सार्ने लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँहरूमा खोज तथा नष्ट अभियानलाई अझ तीव्र पार्न सबैमा आग्रह गरेको छ ।

आज साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस अन्तर्गत भोली शुक्रबार सम्पूर्ण मन्त्रालयस्थित क्षेत्रहरूमा खोज तथा नष्ट अभियान सुरु गरिने बताउनुभयो ।

मन्त्री गुरुङले खोज र नष्ट अभियान भोली बिहान १०:०० बजेदेखि नै मन्त्रालयहरूबाट सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले राख्नुभएको बताउनुभयो ।

विगत केही दिनदेखि काठमाडाैँ उपत्यकालगायत देश भरी नै डेंगुको संक्रमण देखिँदै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM