२०८२ कार्तिक २४ गते, सोमबार १०:५०

राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री आचार्य




रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताउनुभएको छ ।

गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहीबार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफु नेतृत्व सरकारले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएको बताउनुभयो ।

“राम्रो गर्न कोशिस गरिरहेको छु । किन कि यो बीचको अवधिमा हाम्रा हरेक संयन्त्रहरू फितला बनेका छन् । संयन्त्रहरू बिग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सही मार्गमा ल्याउनको निम्ति धेरै मेहेनत गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा विगतका निर्णयहरू उल्ट्याउँदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।”

मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको समेत बताउनुभयो । प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरू सुन्ने र त्यस अनुसार सुधारका काम गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।

“कमजोरी हुन दिने छैन । तर, जानेर या नजानेर मेरा कहीँ कतै कमीकमजोरी देख्नु भयो भने पर्खिएर होइन, तत्काल सच्याउनको निम्ति यहाँहरूको अवश्य पनि साथ सहयोग पाउने छु भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “समयमै सचेत बनाउने, टीकाटिप्पणीको बारेमा सुसुचित गराउने गराउने जिम्मेवारी तपाईँहरूको हुन जान्छ ।”

कार्यक्रममा समाजका जिल्ला अध्यक्ष चन्द्रकान्त आचार्यले मुख्यमन्त्री चेतनारायण आचार्यलाई सम्मान गर्नुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM