२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:४४

ब्लाइन्ड टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

८ कात्तिक, काठमाडौं । आगामी नोभेम्वर नोभेम्वर २२ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा संचालन हुने चौथो ब्लायन्ड टी२० विश्वकपका लागि नेपाली टोद्यी घोषणा भएको छ ।

नेत्रहीन क्रिकेट संघ, नेपालले बिहीबार रमेश बहादुर बानियाँको कप्तानीङ्गा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

कात्तिक ४ र ५ गते मनमैजु, तार्केश्वर नगरपालिकास्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमास सञ्चालित दोस्रो चरणको छनौट खेलबाट अन्तिम १५ खेलाडी छनौट गरिएकको संघले जनाएको छ । छनोट खेलमा १९ खेलाडी सहभागि थिए।

वरिष्ठ क्रिकेट प्रशिक्षक अरुन अर्याल संयोजक रहेको छनौट समितिमा,सुनोज भट्टराई, नहेन्द्र निरौला र तुम्बुरु उप्रेती सदस्य थिए ।

१५ सदस्यीय नेपाली नेत्रहीन टोली:

रमेश बहादुर बानियाँ (कप्तान), पदम बहादुर बडैला (उपकप्तान), सुनिल सुवेदी क्षत्री, सागर लामा, ५ दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपानो, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM