२०८२ मंसिर २६ गते, शुक्रबार २२:०३

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पोखरामा उत्पादन हुने जेठोबुढो खरिद गर्ने 




पोखरा । पोखरा क्षेत्रमा उत्पादन हुने स्थानीय रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएको छ । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच खरिद सम्बन्धमा सम्झौता गरिएसँगै पोखराको ब्राण्ड नै बनेको जेठोबुढो धान बिक्री गर्न किसानलाई अब सहज हुने भएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सि.ले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्ने भएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो ।   महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउने भएको उहाँले जनाउनु भयो । २०८२ आषाढ मसान्त सम्मका लागि गरिएको यो सम्झौता मुताबिक तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबुढोको खरिद हुनेछ, भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनहरूको समेत खरिद गर्न सकिनेमा दुवै पक्षहरू सहमत गर्नु भएको हो । 

कृषकहरूले आफ्नो खेतमा उत्पादन भएको धान महानगरपालिकाले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आफैले ढुवानी गर्नुपर्ने छ । कृषकले उत्पादन गरेको र त्यसको बजारीकरण सुनिश्चित भएको मेयर आचार्यले बताउनुभयो। महानगर क्षेत्रमा उत्पादित रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सम्झौताले सुनिश्चित भएको उहाँको भनाई थियो । यसअघि महानगरपालिकाले जेठोबुढो धानलाई पोखराको पहिचानको रूपमा ब्राण्डिङ् गरी समर्थन मूल्य समेत तोकेर बजारीकरण गरिसकेको थियो।

जेठोबुढो सहित अन्य ३५ प्रकारका कृषि उपजहरूको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकहरूका लागि न्यूनतम मुनाफा समेतको मूल्य सुनिश्चित गरेको छ । स्थानीय उत्पादन प्रवर्द्धन अभियान अन्तरगत कृषि उपजहरूको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो। उहाँका अनुसार पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ भने, करिब १४ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । 

महानगरपालिकाले तोकेको समर्थन मूल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल रु.९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने रु.१ हजार प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ । जेठोबुढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुने, उत्पादनको समय अन्य धानको भन्दा तुलनात्मक बढी लाग्ने, धान उत्पादन आधा कम हुने लगायत कारणले उत्पादन लागत नै बढी पर्ने भएकाले यस प्रजातिको धानको मूल्य बढी पर्न गएको कडरियाले बताउनुभयो । त्यसो त पोखराको पहिचान बनेको जेठोबुढो पछिल्लो समयमा रासायनिक मलको प्रयोगले गर्दा पहिलाको तुलनामा यसको स्वागत र बास्नामा केही कमी आएको स्थानीयको भनाई छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM