२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:२०

धनकुटामा प्लास्टिकका माला तथा फूल बिक्री गर्न नपाइने




धनकुटा । धनकुटामा तिहारमा खपत हुने प्लास्टिकका माला तथा फूल बिक्री गर्न नपाइने भएको छ ।

स्थानीयले उत्पादन गरेको फूल विक्री नहुने भएकाले जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षीय बैठकले प्लास्टिकका माला तथा फूल बिक्री गर्न नपाउने निर्णय गरेको हो ।

आउँदै गरेको तिहारमा खपत हुने माला तथा फूलका लागि स्थानीय उत्पादन पर्याप्त भए पनि प्लास्टिकका माला तथा फूल बिक्रीले स्थानीय उत्पादनलाई असर गर्ने भएकाले रोक लगाइएको धनकुटामा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । धनकुटाका व्यापारीलाई प्लास्टिकका माला बेचबिखन नगर्न आग्रह गरिने र प्रयोगकर्तालाई पनि खरिद नगर्न आग्रह गरिएको छ ।

धनकुटाका अधिकांश किसानले फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तर धनकुटामा प्लास्टिकका माला तथा फूल निर्यातले गर्दा किसानले लगाएका फूल बिक्री नहुने गरेकोले रोक लगाइएको जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM